सन्ध्या लामिछानेलाई ‘मिसेस नोवेल नेपाल २०२५’ को उपाधि



काठमाडौं । ‘मिसेस नोवेल नेपाल २०२५’ को उपाधि सन्ध्या लामिछानेले जितेकी छन् । शनिबार राजधानीको ज्यापु प्रज्ञा एकेडेमीमा सम्पन्न कार्यक्रममा ‘मिसेस नोवेलको ताजसँगै ‘नेपाल फेसन एण्ड इन्टरटेन्मेन्ट अर्वाड २०२५ टोकीयो जापान’ को लागी इन्ट्री प्याकेज समेत प्राप्त गरेकी छिन् ।

प्रमुख निर्णायक रमेश उप्रेतीले सोधेको प्रश्नमा उत्कृष्ट उत्तर दिदै उनले शीर्ष उपाधि जित्न सफल भएकी थिइन् । हिमालयन मुभिज प्रोडक्सन हाउसद्वारा आयोजित कार्यक्रममा फस्ट रनर अप सर्वण जोशी एवं सेकेन्ड रनरअप रेखा भट्टराई हुन सफल भएका थिए ।

कार्यक्रममा विविध सव टाइटल अर्वाडहरु समेत वितरण गरिएको थियो जसमा शन्ध्या लामिछाने मोस्ट इन्टिलिजेन्ट, रेखा भट्टराई मोस्ट पपुलर र पब्लिक च्वाइसका साथै मोस्ट एट्राक्टिभ सर्वण जोशी बेस्ट ट्यालेन्ट, कल्पना बिक मोस्ट स्मार्ट, प्रिती खड्का बेस्ट फोटोजेनिक आकांक्षा गजमेर वेष्ट क्याटवाक, शर्मीला थापा मोस्ट डिलिजेन्ट, निर्मला चौधरी मोस्ट चार्मिङ, सीमा ढुंगाना मोस्ट प्यासोनेट र पेशल कुमारी खड्का मोस्ट कन्फिडेन्ट अर्वाड जित्न सफल भएका थिए ।

कार्यक्रमको निर्णायक मण्डलमा नायक एवं चलचित्रकर्मी रमेश उप्रेती, नायक मोडल मनिष राउत, मिस नेपाल आइडल २०१९ एवं भिजे निमा लमु शेर्पा, ब्युटिसियन नेपाल २०२१ सजना खतिवडा र मिसेस हिमालयन नेपाल २०२४ कविता विशुंखे रहेका थिए ।

विवाहित महिलाहरुको क्षमता, प्रतिभा प्रस्फुटन गराइ सामाजिक पहिचान बनाइ महिलाहरुको क्षमता प्रतिभामा बडोत्तरी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जानकारी गराएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘चलचित्रले अहिले विस्तारै हाम्रो संस्कृतिमा प्रभाव परिरहेको छ’

काठमाडौं । चलचित्र एक सशक्त माध्यम हो । जसले भाषा र संस्कृतिको प्रवद्र्धनमा

मण्डलामा ‘मञ्जिरा’ को मञ्चन

काठमाडौं । थापागाउँस्थित मण्डला नाटकघरमा नाटक ‘मञ्जिरा’ को नियमित मञ्चन सुरु भएको छ

स्वरूपराज आचार्यको ‘स्वर्ग यहीँ लुकेको छ’

काठमाडौँ ।  गणतन्त्र दिवसको अवसरमा गीतकार डा भीष्मकुमार भुसालद्वारा रचित दुुई सन्देशमूलक गीत