एकसाथ तीन चलचित्र प्रदर्शनमा



काठमाडौं । शुक्रबारदेखि एकसाथ तीन चलचित्रको प्रदर्शन सुरु भएको छ । मंसिर र पुसमा निकै कम संख्यामा चलचित्र प्रदर्शन भए पनि माघको अन्तिम सातादेखि आउँदो केही महिना हरेक हप्ता दुईदेखि तीन चलचित्र प्रदर्शन हुने घोषणा गरिएको छ । यसै क्रममा आजदेखि ‘मम्मी’, ‘जुना’ र ‘सारङ्ग’ को प्रदर्शन सुरु भएको छ ।

बाल मनोविज्ञान र मित्रताको कथा देखाइएको चलचित्र ‘सारङ्ग’ लाई प्रशान्त तामाङले निर्देशन गरेका छन् । विद्यालयमा नृत्य प्रशिक्षकका रूपमा समेत कार्य गरिरहेका निर्देशक तामाङले बालबालिकाको कथालाई ठूलो पर्दामा ल्याउँदा त्यसले सकारात्मक प्रभाव छाड्ने बताए ।

‘चलचित्रमा एउटा परिवारमा हुने आपसी कलहले बालबालिकामा पार्ने असर, बाल्यकालमा जोडिने मित्रता र सामाजिक उत्तरदायित्वलाई चलचित्रमा समेटेका छौं’, निर्देशक तामाङले भने ।

यस चलचित्रमा उत्पल झा, ऋचा शर्मा, आदित्य कार्की, सम्राट थापा, सुरज तमु, समीरमणि दीक्षितलगायत कलाकारले अभिनय गरेका छन् । आजदेखि नै प्रदर्शन सुरु भएको चलचित्र ‘मम्मी’ निरन्तरभन्दा फरक ‘हरर साइकोलोजिकल–थ्रिलर’ विधामा तयार गरिएको निर्देशक समर निरौलाले जानकारी दिए ।

‘नियमित बनिरहेका चलचित्रभन्दा फरक प्रयास गरेका छौँ । मैले केही चलचित्र र टेली शृङ्खलामा काम गर्दा नै सोचेको विषयलाई चलचित्रमा समेटेको छु । यो विषय नेपाली चलचित्र हेर्ने दर्शकका लागि नयाँ हुनेछ’, उनले भने ।

चलचित्रमा प्रियङ्का कार्की, सुलक्षण भारती, दीया मास्के, समीप निरौला, आयुषी ढकाल, जेभिस श्रेष्ठ, गीत विष्ट, घनश्याम जोशीलगायतका कलाकारले अभिनय गरेका छन् । प्रदर्शन भइरहेको तेस्रो चलचित्र ‘जुनाः एक व्यथा’ को निर्माण बालविवाह तथा महिला हिंसा निरुत्साहित गर्ने उद्देश्यले गरिएको निर्देशक जीवन सेञ्चुरीले बताए ।

उनले भने, ‘चलचित्रको विषय हाम्रो गाउँ समाजमा देखिएकै घटनाक्रम हो । हामीले देखाएको कथा हेरेर थोरै भए पनि सुसूचित हुनुभयो भने हामी सफल हुनेछौँ । उमेर नपुग्दै विवाह भएकी चेलीले भोग्ने कथा नै चलचित्रको विषय हो ।’ दीपकप्रसाद घिमिरेले निर्माण गरेएको चलचित्रमा अस्मिता ढकाल, कृष्णप्रसाद धिताल, देशभक्त खनाल, रश्मी भट्ट, अनिता बस्नेत, कमल बोहोरालगायतका कलाकारले अभिनय गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चलचित्र छायाङ्कन स्टुडियो  निर्माण आरम्भले चलचित्रकर्मी उत्साहित

काठमाडौँ । ‘सिनेपा’ नामक चलचित्र छायाङ्कन स्टुडियो निर्माण सुरु भएपछि चलचित्रकर्मीमा उत्साह थपिएको

प्रधानमन्त्रीबाट काभ्रेको बनेपामा अत्याधुनिक चलचित्र छायाङ्कन स्टुडियो निर्माणको घोषणा

  काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले काभ्रेको बनेपा नगरपालिका–१० मा निर्माण हुने

दक्षिण कोरियाको चलचित्र महोत्सवमा नेपाली कलाकार सम्मानित

काठमाडौँ । दक्षिण कोरियामा आयोजित २६औँ जेओन्जु अन्तरराष्ट्रिय चलचित्र महोत्सवको समापन कार्यक्रममा नेपाली

याङ्वरकका २३ युवालाई केलाङ नृत्य प्रशिक्षण

पाँचथर । पाँचथरको याङ्वरक गाउँपालिकाले २३ जना युवायुवतीलाई केलाङ (च्याब्रुङ) नृत्य प्रशिक्षण दिइएको