चलचित्र विकास बोर्डले मधेशमा पटकथा लेखन तालिम सञ्चालन गर्ने



काठमाडौँ । चलचित्र विकास बोर्डले मधेश प्रदेशमा पटकथा लेखन तालिम सञ्चालन गर्ने भएको छ । आगामी फागुन १३ देखि १५ गतेसम्म प्रदेश राजधानी जनकपुरमा सञ्चालन हुने सो तालिममा १८ देखि ४० वर्ष उमेर समूहका २० जना युवाको सहभागिता रहनेछ ।

समावेशी सिद्धान्तका आधारमा मधेश प्रदेशका आठ जिल्लाबाट प्रशिक्षार्थी छनोटका लागि बोर्डले बिहीबार सात दिनको म्याद दिई आवेदन आह्वान गरेको छ । आवेदन फाराम बोर्डको ‘वेबसाइट’ www.flim.gov.np बाट ‘डाउनलोड’ गरी ‘इमेल’ ठेगाना fdbworkshop2024@gmail.com मा पठाउन सकिनेछ ।

युवा चलचित्रकर्मीहरूलाई पटकथा लेखनसम्बन्धी सैद्धान्तिक एवं व्यावहारिक ज्ञान तथा सीप प्रदान गरी मधेशको मौलिक एवं यथार्थपरक कथा उजागर गर्न तालिम सञ्चालन गर्न लागिएको बोर्डका अध्यक्ष दिनेश डिसीले जानकारी दिए ।

उनका अनुसार मधेशको चलचित्रकर्मलाई राष्ट्रिय मूलधारसँग जोड्ने, मातृभाषा चलचित्रको प्रवर्द्धन तथा चलचित्रकर्मीहरूको दक्षता अभिवृद्धि गर्ने लक्ष्यसहित बोर्डले मधेशमा विशेष अभियान सञ्चालनको तयारी गरेको छ । यसै अभियानअन्तर्गत पटकथा लेखन ताालिम सञ्चालन गर्न लागिएको अध्यक्ष डिसीले बताए ।

तालिम संयोजक एवं बोर्ड सदस्य केएल बुढाथोकीले तालिमका क्रममा प्रशिक्षार्थीबाट तयार पारिएका उत्कृष्ट पाँच पटकथालाई बोर्डका माध्ययमबाट प्रस्तुतीकरणका लागि पहल गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘चलचित्रले अहिले विस्तारै हाम्रो संस्कृतिमा प्रभाव परिरहेको छ’

काठमाडौं । चलचित्र एक सशक्त माध्यम हो । जसले भाषा र संस्कृतिको प्रवद्र्धनमा

मण्डलामा ‘मञ्जिरा’ को मञ्चन

काठमाडौं । थापागाउँस्थित मण्डला नाटकघरमा नाटक ‘मञ्जिरा’ को नियमित मञ्चन सुरु भएको छ

स्वरूपराज आचार्यको ‘स्वर्ग यहीँ लुकेको छ’

काठमाडौँ ।  गणतन्त्र दिवसको अवसरमा गीतकार डा भीष्मकुमार भुसालद्वारा रचित दुुई सन्देशमूलक गीत