पतिले शंका गरेपछि एलिना चौहानले दायर गरिन् पतिसँग सम्बन्धविच्छेद मुद्दा



काठमाडौं । गायिका एलिना चौहानले पतिसँग सम्बन्धविच्छेदको मुद्दा दायर गरेकी छिन् । उनले शुक्रबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेकी हुन् ।

गत ५ वैशाखमा एलिनाले र अस्ट्रेलिया बस्ने विष्णु सापकोटासँग विवाह गरेकी थिइन् । सापकोटा र चौहानबीच लामो समय प्रेम सम्बन्धपछि विवाह भएको थियो ।

तर, विवाहपछि अस्ट्रेलिया गएकी चौहान नेपाल फर्किएपछि उनीहरूबीच राम्रो सम्बन्ध नरहेको चर्चा थियो । सम्बन्धविच्छेदको मुद्दामा चौहानले आफूमाथि सापकोटाले शङ्काउपशङ्का गरेको, काममा बाधा दिएको, चरित्रमाथि शङ्का गरेको आरोप लगाएकी छिन् । उनले मानाचामल नलिने गरी मुद्दा दायर गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘चलचित्रले अहिले विस्तारै हाम्रो संस्कृतिमा प्रभाव परिरहेको छ’

काठमाडौं । चलचित्र एक सशक्त माध्यम हो । जसले भाषा र संस्कृतिको प्रवद्र्धनमा

मण्डलामा ‘मञ्जिरा’ को मञ्चन

काठमाडौं । थापागाउँस्थित मण्डला नाटकघरमा नाटक ‘मञ्जिरा’ को नियमित मञ्चन सुरु भएको छ

स्वरूपराज आचार्यको ‘स्वर्ग यहीँ लुकेको छ’

काठमाडौँ ।  गणतन्त्र दिवसको अवसरमा गीतकार डा भीष्मकुमार भुसालद्वारा रचित दुुई सन्देशमूलक गीत