समीक्षा अधिकारीको ‘मुटु रेटियो’मा मुकुन्द भट्ट र स्मारिका ढकालको अभिनय



काठमाडौं । गायिका समीक्षा अधिकारीको आवाजमा मुटु रेटियो बोलको लोकगीत सार्वजनिक भएको छ । प्रेम सम्बन्धको मार्मिक कथा बोकेको गीतलाई प्रितम श्रेष्ठले तयार पारेका हुन् ।

गीतमा एउटी नारीले प्रेम विश्वासमा पाएको घात र त्यसपछि नेपाली समाजले गर्ने कटुतापूर्ण व्यवहार चित्रण गर्न खोजिएको श्रेष्ठले बताए। गीतमा शब्द र संगीत श्रेष्ठकै रहेको छ।

’नेपाली समाजमा महिलामाथि गरिने व्यवहार अझै फरक छ। फरक व्यवहार भयो भन्दैमा समस्याबाट भाग्नु हुँदैन। डटेर सामना गर्नुपर्छ भन्ने सन्देश गीतले दिनखोजेको छ,’ उनले भने । अमेरिका बसोबास गर्दै आएका श्रेष्ठले नेपाली गीत÷संगीतलाई अगाध प्रेम गर्दै आएका छन्।

गीतमा स्मारिका ढकाल, मुकुन्द भट्ट र रिता सिवाकोटीको मुख्य अभिनय रहेको छ।

गीतलाई प्रवीण थापाले निर्देशन गरेका छन्। गीतमा कृष्ण बाजुरालीको एरेन्ज, महेश महेराको छायांकन, अमृत चापागाईंको सम्पादन र रङ संयोजन रहेको छ। गीतको सहायक निर्देशन अमृत भट्टराईले गरेका छन्।

श्रेष्ठको शब्द रचना र शान्तिश्री परियारको स्वरमा रहेको एआइबाट गाइएको माथिमाथि माया बग्छ गीतले पनि यसअघि स्रोताको मन जितेको थियो। मायालु पनि उनको रुचाइएको गीतमा पर्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एउटै अभिनेताको दुई चलचित्र एकसाथ प्रदर्शनमा

काठमाडौँ । केही समययता एकै अभिनेताको दुई चलचित्र एकसाथ प्रदर्शन हुने क्रम बढ्न

‘जार’ प्रदर्शनको मिति तय

काठमाडौँ । साहित्यकार इन्द्रबहादुर राईको कथामा आधारित रहेर निर्माण गरिएको चलचित्र ‘जार’ को

जसले गरे वर्ष २०८१ मा १० करोड भन्दाबढीको व्यापार

काठमाडौं । नेपाली चलचित्र क्षेत्रका लागि वर्ष २०८१ समग्रमा सुखद् रह्यो। यस वर्ष

सकियो चलचित्र ‘कुस्ती’ को छायाङ्कन

काठमाडौँ । छायाङ्कन सुरु भएको ३९ औँ दिनमा चलचित्र ‘कुस्ती’ को छायाङ्कन सकिएको