‘पूर्णबहादुरको सारंगी’ को ट्रेलर युट्युव ट्रेन्डिङमा



काठमाडौं । ‘पूर्णबहादुरको सारङ्गी’ को ट्रेलरले चलचित्रकर्मी देखि आम दर्शकको मन जित्न सफल भएको छ । तीन दिनअघि युट्युवमा सार्वजनिक ट्रेलर चर्चासहित युट्युव ट्रेन्डिङमा छ ।

अर्गानिक कथामा फिल्म बनेको बताउँदै दर्शकहरु फिल्म हेर्न निकै उत्साहित देखिएका छन् । सारंगी रेटेर छोराको सपना र भविष्य बनाउन गर्नुपरेको संघर्ष वरिपरि ट्रेलर घुमेको छ।

फिल्ममा विजय बराल बुवा हुँदा प्रकाश सपुतले छोराको भूमिका निर्वाह गरेका छन् । सरोज पौडेलको लेखन तथा निर्देशन रहेको फिल्ममा विजय र प्रकाशसहित मुकुन भुसाल, बुद्धि तामाङ, अञ्जना बराइली, माओत्से गुरुङ, देशभक्त खनाल, भोलाराज सापकोटा, विनोद न्यौपाने, आलिस बास्तोला, स्वायम् केसी, जान्वी पौडेललगायतको अभिनय छ । फिल्म तिहारको अवसरमा कात्तिक १५ गतेबाट प्रदर्शन हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
२०८१ मा ६२ नेपाली चलचित्र प्रदर्शन, दर्शकको उल्लेखनीय साथ

काठमाडौँ । नेपाली चलचित्र क्षेत्रका लागि वर्ष–२०८१, समग्रमा सुखद रह्यो । यो वर्ष

एउटै अभिनेताको दुई चलचित्र एकसाथ प्रदर्शनमा

काठमाडौँ । केही समययता एकै अभिनेताको दुई चलचित्र एकसाथ प्रदर्शन हुने क्रम बढ्न

‘जार’ प्रदर्शनको मिति तय

काठमाडौँ । साहित्यकार इन्द्रबहादुर राईको कथामा आधारित रहेर निर्माण गरिएको चलचित्र ‘जार’ को

जसले गरे वर्ष २०८१ मा १० करोड भन्दाबढीको व्यापार

काठमाडौं । नेपाली चलचित्र क्षेत्रका लागि वर्ष २०८१ समग्रमा सुखद् रह्यो। यस वर्ष