भरतचन्द्र गुरुङको तामाङ सेलो ‘आम्बोइ नि’



 

काठमाडौँ । नेपाली सेनाका अवकास प्राप्त मानार्थ उपरथी भरतचन्द्र गुरुङको स्वरमा तामाङ सेलोको ‘आम्बोइ नि’ बोलको गीत आइतबार यु–ट्युबमार्फत सार्वजनिक भएको छ ।

गायक गुरुङका ९६ वर्षीय पिता अवकाश प्राप्त क्याप्टेन इन्द्रजित गुरुङले एक समारोहबीच उक्त गीत सार्वजनिकीकरण गरे । डा आशबहादुर तामाङको शब्दरचना रहेको गीतमा  बद्री शर्माको सङ्गीत संयोजन छ । वरिष्ठ गायिका इन्दिरा गोलेले स्वरमा साथ दिएकी छन् ।

आउँदै गरेको बडादसैँ र तिहारका लागि श्रोता तथा दर्शकलाई उपहार दिने उद्देश्यसहित सार्वजनिक गरिएको गीतका शब्दमा तामाङ सेलोका ठट्टा तथा रमाइलोको संयोजन छ । तामाङ जाति र समुदायको मौलिकता कायम राख्दै गीतको छाँयाङ्कनमासमेत नयाँपन दिन खोजिएको छ । गायक गुरुङको औपचारिक रेकर्ड भएको यो पहिलो गीत हो ।

बाल्यकादेखि गीत सङ्गीतमा चासो राख्ने मानार्थ उपरथी गुरुङले सैनिक जीवनमा रहँदा अनौपचारिक रुपमा गीत गाउँदै आएका थिए । तामाङ समुदायको इतिहास र परम्परासँग जोडिएको यस गीतले समुदायको जीवन शैली, भावना र अनुभवलाई प्रतिबिम्बित गरेको छ । तामाङ सेलो भाका नेपाली समाजमा खुसी र उत्सवको प्रतीका रुपमा चिनिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘चलचित्रले अहिले विस्तारै हाम्रो संस्कृतिमा प्रभाव परिरहेको छ’

काठमाडौं । चलचित्र एक सशक्त माध्यम हो । जसले भाषा र संस्कृतिको प्रवद्र्धनमा

मण्डलामा ‘मञ्जिरा’ को मञ्चन

काठमाडौं । थापागाउँस्थित मण्डला नाटकघरमा नाटक ‘मञ्जिरा’ को नियमित मञ्चन सुरु भएको छ

स्वरूपराज आचार्यको ‘स्वर्ग यहीँ लुकेको छ’

काठमाडौँ ।  गणतन्त्र दिवसको अवसरमा गीतकार डा भीष्मकुमार भुसालद्वारा रचित दुुई सन्देशमूलक गीत

‘परी’को शुभमुहुर्त

काठमाडौं । नेपाली फिल्म ‘परी’को शुभमुहुर्त भएको छ । काठमाडौँको कमलादीस्थित गणेश मन्दिरमा