नेपाल भाषाको लोकप्रिय गीत ‘राजामती’ नेपाली भर्सनमा



काठमाडौं । नेपाल भाषाको लोकप्रिय गीत ‘राजामती’ लाई नेपाली भर्सनमा आएको छ । भारतको कलकत्तामा एकसय १५ वर्ष अघि रेकर्ड गरिएको गीत नेपालीभाषामा पनि पुनः लेखन, संगीत र एरेन्ज गरी सार्वजनिक गरिएको हो ।

बुधबार काठमाडौमा आयोजित एक कार्यक्रमकाबीच वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले गीतको नेपाली भर्सन सार्वजनिक गरेका हुन् । नेपालको पहिलो गायक सेतुराम प्रधानले वि.स. १९६५ ताका भारतको कलकत्ता गएर नेपाली र नेपालभाषाका राजमतीसहित १४ वटा गीतहरू आफैँले गाएर ग्रामोफोन डिस्कमा रेकर्ड गराएको बताइन्छ ।

यही गीतलाई नेपाली भर्सनमा गीतकार कृष्णदेव रिमालको भाषा सम्पादन, गायक कृष्ण काफ्लेको स्वर र सन्तोष श्रेष्ठको संगीत संयोजनमा ल्याइएको हो । सागर खनाल र सोनी लगुन लगायतका कलाकारहरूको अभिनय रहेको भिडियोको कन्सेप्ट र निर्देशन सबनम मुखियाले गरेकी हुन् । गीतको निर्मातामा रश्मी प्याकुरेल छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘चलचित्रले अहिले विस्तारै हाम्रो संस्कृतिमा प्रभाव परिरहेको छ’

काठमाडौं । चलचित्र एक सशक्त माध्यम हो । जसले भाषा र संस्कृतिको प्रवद्र्धनमा

मण्डलामा ‘मञ्जिरा’ को मञ्चन

काठमाडौं । थापागाउँस्थित मण्डला नाटकघरमा नाटक ‘मञ्जिरा’ को नियमित मञ्चन सुरु भएको छ

स्वरूपराज आचार्यको ‘स्वर्ग यहीँ लुकेको छ’

काठमाडौँ ।  गणतन्त्र दिवसको अवसरमा गीतकार डा भीष्मकुमार भुसालद्वारा रचित दुुई सन्देशमूलक गीत