यस्तो छ ‘पूर्ण बहादुरको सारङ्गी’ को टिजर



काठमाडौं । फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ को टिजर सार्वजनिक भएको छ। सेभेन सिज सिनेमाको युट्युब च्यानलबाट टिजर सार्वजनिक भएको हो ।

टिजरमा मुख्य कलाकार विजय बराल र प्रकाश सपुत बाबुछोराको भूमिकामा देखाइएको छ । सोसल–ड्रामा जनरा निर्माण भएको फिल्मले गन्धर्व परिवारको कथामा आधारित रहेको छ। सरोज पौडेलको लेखन तथा निर्देशन रहेको फिल्मको पटकथा तथा संवाद महेश दवाडीले लेखेका छन् ।

फिल्ममा विजय र प्रकाशसँगै मुकुन भुसाल, बुद्धि तामाङ, अञ्जना बराइली, माओत्से गुरुङ, देशभक्त खनाल, भोलाराज सापकोटा, विनोद न्यौपाने, अलिस बास्तोला, श्याम केसी, जानवी पौडेललगायतको अभिनय छ । सेभेन सिस सिनेमा र बासुरी फिल्मसको प्रस्तुति रहेको विनोद पौडेल र प्याट्रिक सुवेदी हुन् ।

आगामी लक्ष्मीपूजाको अवसरमा कार्तिक १५ गतेबाट रिलिज हुने फिल्मलाई नेपाल र अन्तर्राष्ट्रिय रूपमा सेभेन सिज इन्टरटेनमेन्टले वितरण गर्दैछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘चलचित्रले अहिले विस्तारै हाम्रो संस्कृतिमा प्रभाव परिरहेको छ’

काठमाडौं । चलचित्र एक सशक्त माध्यम हो । जसले भाषा र संस्कृतिको प्रवद्र्धनमा

मण्डलामा ‘मञ्जिरा’ को मञ्चन

काठमाडौं । थापागाउँस्थित मण्डला नाटकघरमा नाटक ‘मञ्जिरा’ को नियमित मञ्चन सुरु भएको छ

स्वरूपराज आचार्यको ‘स्वर्ग यहीँ लुकेको छ’

काठमाडौँ ।  गणतन्त्र दिवसको अवसरमा गीतकार डा भीष्मकुमार भुसालद्वारा रचित दुुई सन्देशमूलक गीत

‘परी’को शुभमुहुर्त

काठमाडौं । नेपाली फिल्म ‘परी’को शुभमुहुर्त भएको छ । काठमाडौँको कमलादीस्थित गणेश मन्दिरमा