राजनराज शिवाकोटी र मेलिना राईको ‘मग मग फूलबारी’



काठमाडौं । फिल्म ‘सानो संसार’ को गीत ‘मग मग फूलबारी’ सार्वजनिक गरिएको छ । गीतमा राजनराज शिवाकोटी र मेलिना राईको स्वर छ। गीतको शब्द र संगीत पनि राजनराजकै हो ।

गीतको भिडियोमा फिल्मका प्रायः सबै मुख्य कलाकारहरू फिचर्ड छन् । सुज्जन खड्का र मनोज खड्काले भिडिओको कोरियोग्राफी गरेका हुन् । सिद्धार्थ पुडासैनीको निर्देशनमा तयार फिल्मलाई अर्जुन कुमारले निर्माण गरेका हुन्।

फिल्ममा हास्य कलाकार केदार घिमिरे ‘माग्नेबुढा’ की श्रीमती सीतादेवी तिमल्सेनाको मुख्य भूमिका छ। साथमा राज पंगेनी शर्मा, अनु दाहाल, अन्जसा रिजाल, शिशिर सिवाकोटी, सरिता भण्डारी र जीवन गौतमको अभिनय छ ।

निर्देशक पुडासैनी र सरिष्मा खत्रीको लेखन रहेको फिल्ममा माधव वाग्ले कार्यकारी निर्माता छन् । फिल्म असोज ११ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘चलचित्रले अहिले विस्तारै हाम्रो संस्कृतिमा प्रभाव परिरहेको छ’

काठमाडौं । चलचित्र एक सशक्त माध्यम हो । जसले भाषा र संस्कृतिको प्रवद्र्धनमा

मण्डलामा ‘मञ्जिरा’ को मञ्चन

काठमाडौं । थापागाउँस्थित मण्डला नाटकघरमा नाटक ‘मञ्जिरा’ को नियमित मञ्चन सुरु भएको छ

स्वरूपराज आचार्यको ‘स्वर्ग यहीँ लुकेको छ’

काठमाडौँ ।  गणतन्त्र दिवसको अवसरमा गीतकार डा भीष्मकुमार भुसालद्वारा रचित दुुई सन्देशमूलक गीत