शान्तीश्रीलाई फेरि ‘जवानीले पोल्यो’



काठमाडौं । गायिका शान्तीश्री परियारको स्वरमा रहेको गीत ‘जवानीले पोल्यो’को भिडियो सार्वजनिक भएको छ । गीतमा तुला आर लामिछानेको शब्द, पवन परियारको संगीत र एरेन्ज, सागर बाजुरालीको रेकर्ड छ ।

तुला आर लामिछानेले नै निर्माण गरेको भिडियोमा सञ्चिता बोलखे र पुष्कर राउत फिचर्ड छन् । जवानी र मायाको कुरा गरिएको गीतमा सचितालाई निकै ग्ल्यामर रुपमा प्रस्तुत गरिएको छ ।

सुरेश पाण्डेको कोरियोग्राफी र निर्देशन रहेको भिडियोमा कमल भक्तको सहायक कोरियोग्राफी, बन्दे प्रसादको सम्पादन, उमेश थापा मगरको सहायक सम्पादन, प्रवीण ढकालको कलर, प्रिया नगरकोटी पाण्डेको हेयर र मेकअप र दिव्यराज सुवेदीको छायाँकन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘चलचित्रले अहिले विस्तारै हाम्रो संस्कृतिमा प्रभाव परिरहेको छ’

काठमाडौं । चलचित्र एक सशक्त माध्यम हो । जसले भाषा र संस्कृतिको प्रवद्र्धनमा

मण्डलामा ‘मञ्जिरा’ को मञ्चन

काठमाडौं । थापागाउँस्थित मण्डला नाटकघरमा नाटक ‘मञ्जिरा’ को नियमित मञ्चन सुरु भएको छ

स्वरूपराज आचार्यको ‘स्वर्ग यहीँ लुकेको छ’

काठमाडौँ ।  गणतन्त्र दिवसको अवसरमा गीतकार डा भीष्मकुमार भुसालद्वारा रचित दुुई सन्देशमूलक गीत

‘परी’को शुभमुहुर्त

काठमाडौं । नेपाली फिल्म ‘परी’को शुभमुहुर्त भएको छ । काठमाडौँको कमलादीस्थित गणेश मन्दिरमा