‘वडाध्यक्ष २०७९ जनताले हो’ मा जनप्रतिनिधिका कथा



गण्डकी ।  जनप्रतिनिधिका कथाव्यथा समेटिएको तीज गीत ‘वडा अध्यक्ष २०७९ जनताले हो’ सार्वजनिक भएको छ । पोखरा महानगरपालिका–३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीको शब्द तथा अभिनय रहेको गीतमा गायिका तुलसी क्षेत्री र गायक रामप्रसाद ढकालको स्वर रहेको छ ।

जनप्रतिनिधिका रुपमा देखेभोगेका अनुुभवलाई अधिकारीले तीज गीतमा समेट्नुभएको छ । तुलसी क्षेत्रीको युट्युबबाट सार्वजनिक भएको गीतमा सामाजिक विकास र जनप्रतिनिधिका भोगाइका विषयलाई जीवन्त रुपमा चित्रण गरिएको हो ।

वडाध्यक्ष र उनको परिवारबीचको संवादलाई जीवन्त अभिनयका साथ प्रस्तुत गरिएको गीतमा घाम नझुल्कँदै घरबाट निस्कने वडाध्यक्ष साँझ परेपछि तनाब लिँदै घर फर्किएको प्रसङ्गलाई परिवारले आफ्नो कर्मसँग जोड्दै भनेका छन्,
“घर छोडेर हिँड्छौँ तिमी घाम नि नझुल्किँदै,
करिमैले हो मेरो करिमैले हो ।
साँझ परेपछि घर टेक्छौँ सारा तनाव लिँदै,
करिमैले हो मेरो करिमैले हो ।।”

जनताले यस ठाउँबाट आफूलाई निर्वाचित गराएको भन्दै त्यसको जवाफमा भनिएको छ,
“२०७९ मा अघि सारे यो ठाउँबाट मलाई,
जनताले हो मलाई जनताले हो ।
मेरा मनका भावना यी सुनाउँ मैले कस्लाई
जनताले हो मलाई जनताले हो ।।”

घरमा समय दिन नपाउँदाका विवशता, परिवारले गर्ने अनुुभूति, गरिबी र बेरोजगारी हटाउनका लागि जनताले दिएको जम्मेवारी, भोट माग्दा सुशासन ल्याउन गरिएका प्रतिबद्धतालगायत विषयवस्तुलाई गीतमा समेटिएको छ । वडाध्यक्षको व्यस्तताले घर, खेतबारी, लालाबाला सबै सम्हाल्नुपरेको परिवारको गुनासोका बीच वडाध्यक्षले सपनामा आफूले विकास मात्रै देखेको, दिन दुुःखीका घरमा उनीहरूले छाक टार्न पाएकोलगायत प्रसङ्ग उल्लेख गरिएको छ ।

भरतपोखरीको पुडिटार, कुलिङ हुँदै सिङ्गारेवास बाटोलगायत विकासलाई पनि गीतमा समेटिएको छभने संस्कृति, परम्परा जोगाउनुपर्ने, जनताका समस्या समाधान गर्न घरघरमा पुुगेर गुनासो सुन्ने गरेको विषय प्रस्तुत गरिएको गीतमा रचनाकारसमेत रहेका पोखरा–३३ का वडाध्यक्ष अधिकारीले बताए । गीतको छायाङ्कनमा पुडिटारको धार्मिक पर्यटकीयस्थल भुलभुलादेवी मन्दिर, हुडिकोटका साथै वडा कार्यालय देखाइएको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्रीबाट काभ्रेको बनेपामा अत्याधुनिक चलचित्र छायाङ्कन स्टुडियो निर्माणको घोषणा

  काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले काभ्रेको बनेपा नगरपालिका–१० मा निर्माण हुने

दक्षिण कोरियाको चलचित्र महोत्सवमा नेपाली कलाकार सम्मानित

काठमाडौँ । दक्षिण कोरियामा आयोजित २६औँ जेओन्जु अन्तरराष्ट्रिय चलचित्र महोत्सवको समापन कार्यक्रममा नेपाली

याङ्वरकका २३ युवालाई केलाङ नृत्य प्रशिक्षण

पाँचथर । पाँचथरको याङ्वरक गाउँपालिकाले २३ जना युवायुवतीलाई केलाङ (च्याब्रुङ) नृत्य प्रशिक्षण दिइएको

चलचित्र ‘रिमै’को फस्र्टलुक पोस्टर सार्वजनिक

काठमाडौं । चलचित्र ‘रिमै’ आगामी भदौ २७ मा प्रदर्शन हुने भएको छ ।