क्राइम थ्रिलर जनरामा निर्मित फिल्म ‘देवी’ यस्तो छ टिजर



काठमाडौँ । तीजको अवसरमा भदौ २१ गतेदेखि प्रदर्शन हुने फिल्म ‘देवी’ को टिजर सार्वजनिक गरिएको छ । टिजरमा समाजमा घटिरहेका बलात्कार जस्ता अपराजन्य घटनामा कानुनले पार्ने प्रभाव र त्यसले निम्त्याउने परिणामको कथा प्रस्तुत गरिएको छ । फिल्म क्राइम थ्रिलर जनरामा बनेको छ ।

फिल्मका निर्देशक सञ्जोग राई हुन्। फिल्मको कथा निर्देशक राईले अजय गौतमसँग मिलेर लेखेका छन् भने पटकथामा पनि यि दुवैको सहकार्य छ । फिल्ममा शिल्पा मास्के, गौरव पहारी, नाजिर हुसेन, टीका पहारी, प्रभाकर न्यौपाने, ध्रुब कोइराला, निरिक्षा घतानी, विशाल पहारी, निरु खड्का, जीवन जंग खड्का र विकास पन्तको अभिनय छ ।

रेमन गुरुङ, नारायण राई र सञ्जोग राईले निर्माण गरेको फिल्मका कार्यकारी निर्माता जावेद खान तथा सह–निर्माता उजेन नोर्वे गुरुङ र मिलन लामा हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘चलचित्रले अहिले विस्तारै हाम्रो संस्कृतिमा प्रभाव परिरहेको छ’

काठमाडौं । चलचित्र एक सशक्त माध्यम हो । जसले भाषा र संस्कृतिको प्रवद्र्धनमा

मण्डलामा ‘मञ्जिरा’ को मञ्चन

काठमाडौं । थापागाउँस्थित मण्डला नाटकघरमा नाटक ‘मञ्जिरा’ को नियमित मञ्चन सुरु भएको छ

स्वरूपराज आचार्यको ‘स्वर्ग यहीँ लुकेको छ’

काठमाडौँ ।  गणतन्त्र दिवसको अवसरमा गीतकार डा भीष्मकुमार भुसालद्वारा रचित दुुई सन्देशमूलक गीत

‘परी’को शुभमुहुर्त

काठमाडौं । नेपाली फिल्म ‘परी’को शुभमुहुर्त भएको छ । काठमाडौँको कमलादीस्थित गणेश मन्दिरमा