राजेश पायल र मेलिना राईको ‘इतिहास मै चर्चा चल्छ’



काठमाडौँ । फिल्म ‘वर एण्ड वधु’को दोस्रो गीत ‘इतिहास मै चर्चा चल्छ’ सार्वजनिक भएको छ । गीतमा अर्जुन पोखरेलको संगीत, मुक्त उदासको शब्द रचना तथा राजेश पायल राई र मेलिना राईको स्वर छ ।

कविराज गहतराजको कोरियोग्राफी रहेको गीतमा फिल्मका मुख्य कलाकार आँचल शर्मा, डेव्यु अभिनेता विवेक कर्माचार्य, गरिमा शर्मा, कुसुम शर्मा, विजु पार्की, विजय लामा, किरण केसी, रवीन्द्र खड्का, अंशु महर्जन, सृष्टी खड्का लगायतका कलाकारको अभिनय छ ।

फिल्म भदौ १४ गते प्रदर्शन हुनेछ। एलआरके इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको सिनेमामा जानुका थापाको लगानी छ । अमृत रिजाल फिल्मका कार्यकारी निर्माता हुन्।

सिनेमामा सुदीप बरालको डीओपी, मिलन श्रेष्ठको सम्पादन, साहिल खानको ट्रेलर, कविराज गहतराज र अनिसा स्याङ्देनको कोरियोग्राफी, हिमाल केसीको एक्सन निर्देशन छ । फिल्मको कथा प्रदीप भारद्धाजले लेखेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘चलचित्रले अहिले विस्तारै हाम्रो संस्कृतिमा प्रभाव परिरहेको छ’

काठमाडौं । चलचित्र एक सशक्त माध्यम हो । जसले भाषा र संस्कृतिको प्रवद्र्धनमा

मण्डलामा ‘मञ्जिरा’ को मञ्चन

काठमाडौं । थापागाउँस्थित मण्डला नाटकघरमा नाटक ‘मञ्जिरा’ को नियमित मञ्चन सुरु भएको छ

स्वरूपराज आचार्यको ‘स्वर्ग यहीँ लुकेको छ’

काठमाडौँ ।  गणतन्त्र दिवसको अवसरमा गीतकार डा भीष्मकुमार भुसालद्वारा रचित दुुई सन्देशमूलक गीत

‘परी’को शुभमुहुर्त

काठमाडौं । नेपाली फिल्म ‘परी’को शुभमुहुर्त भएको छ । काठमाडौँको कमलादीस्थित गणेश मन्दिरमा