सीताको ‘माइतीघर’



 

काठमाडौँ । हिन्दू नारीको महानपर्व हरितालिका तीजलाई लक्षित गर्दै गीतसङ्गीत बजारमा आइरहेको छ । केही वर्षयता तीजमा आउने गीत कला र संस्कृति दर्शाउनेभन्दा पनि भड्किलो भएको आरोप लागिरहेका सन्दर्भ तीजको परम्परागत मान्यतालाई बोकेर नयाँ गीत ‘माइतीघर’ सार्वजनिक गरिएको छ ।

गायिका सीता परियारले गाएको गीतमा तीज नजिकिँदै गर्दा चेलीले महसुस गर्ने भावनालाई समेटिएको छ । “गीतमा माइतीसँग चेलीको माया र चाडसँग जोडिएको परम्परागत संस्कारलाई जोडिएको छ”, गायिका परियारले भनिन् ।

तीजसँग जोडिएको मौलिकता झल्किने यस गीतको शब्द र सङ्गीत पूर्ण परियारले तयार गरेका हुन् । गीतको सार्वजनिक श्रव्यदृश्यमा स्मारिका ढकालले अभिनय गरेकी छन् ।

उक्त श्रव्दृश्यमा तीजको हर्षोल्लासका साथै चेलीको वेदनालाई पनि प्रस्तुत गरिएको छ ।  श्रव्यदृश्यमा मुकेश नेपालीले नृत्य निर्देशन, अजय रेग्मीले छायाङ्कन, अमृत चापागाईंले सम्पादन र विशाल घिमिरेले निर्देशन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘चलचित्रले अहिले विस्तारै हाम्रो संस्कृतिमा प्रभाव परिरहेको छ’

काठमाडौं । चलचित्र एक सशक्त माध्यम हो । जसले भाषा र संस्कृतिको प्रवद्र्धनमा

मण्डलामा ‘मञ्जिरा’ को मञ्चन

काठमाडौं । थापागाउँस्थित मण्डला नाटकघरमा नाटक ‘मञ्जिरा’ को नियमित मञ्चन सुरु भएको छ

स्वरूपराज आचार्यको ‘स्वर्ग यहीँ लुकेको छ’

काठमाडौँ ।  गणतन्त्र दिवसको अवसरमा गीतकार डा भीष्मकुमार भुसालद्वारा रचित दुुई सन्देशमूलक गीत

‘परी’को शुभमुहुर्त

काठमाडौं । नेपाली फिल्म ‘परी’को शुभमुहुर्त भएको छ । काठमाडौँको कमलादीस्थित गणेश मन्दिरमा