‘भोले बम बम’ लिएर आए कृष्ण सुवेदी



काठमाडौँ । गायक कृष्ण सुवेदीको ‘भोले बम बम’ बोलको तीज गीतको भिडियो रिलिज गरिएको छ । हिन्दू नेपालीहरुको महान पर्व तीज नजिकिएसँगै पर्वतेली गायक कृष्णले भगवान शिवको महिमा वर्णन गरिएको तीज गीत ‘भोले बम बम’को भिडियो लिएर आएका हुन् ।

छमछम नचाउने भोले बम बमबाट आफुले आशा राखेको गायक कृष्ण बताउँछन् । जसमा शरद एलजी, सृष्टि विश्वकर्मा, आरुषी कार्की र रिदम थापाको बेजोड अभिनय देख्न सकिन्छ ।

गायक स्वयमकै शब्द तथा संगीत रहेको भोले बम बममा आफ्नी प्राण प्यारीलाई जुनीभरी माया दिने कुरा दर्शाइएको छ । होम गुरुङले निर्देशन गरेको भिडियोको छायांकन गणेश सापकोटाले गरेका हुन् भने सम्पादन शिव पौडेलले गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘चलचित्रले अहिले विस्तारै हाम्रो संस्कृतिमा प्रभाव परिरहेको छ’

काठमाडौं । चलचित्र एक सशक्त माध्यम हो । जसले भाषा र संस्कृतिको प्रवद्र्धनमा

मण्डलामा ‘मञ्जिरा’ को मञ्चन

काठमाडौं । थापागाउँस्थित मण्डला नाटकघरमा नाटक ‘मञ्जिरा’ को नियमित मञ्चन सुरु भएको छ

स्वरूपराज आचार्यको ‘स्वर्ग यहीँ लुकेको छ’

काठमाडौँ ।  गणतन्त्र दिवसको अवसरमा गीतकार डा भीष्मकुमार भुसालद्वारा रचित दुुई सन्देशमूलक गीत

‘परी’को शुभमुहुर्त

काठमाडौं । नेपाली फिल्म ‘परी’को शुभमुहुर्त भएको छ । काठमाडौँको कमलादीस्थित गणेश मन्दिरमा