टुँडिखेलबाट ‘घर ज्वाइँ’को प्रचारप्रसार सुरु



काठमाडौं । असार २८ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘घर ज्वाइँ’ले काठमाडौंको टुँडिखेलबाट प्रचारप्रसार सुरु गरेको छ । मगरहरुको महान पर्व भूमेको अवसर पारेर शनिबारदेखि फिल्मको प्रचार थालिएको निर्माता जनक घर्तीमगरले जानकारी दिएका छन् ।

अर्थमन्त्री वर्षमान पुनले शुभारम्भ गरेको भूमे पर्व मेलाको कार्यक्रममा ‘घर ज्वाइँ’ का कलाकार दयाहाङ राई, मिरुना मगर, निर्देशक अनिल बुढामगर, कलाकार शिशर वाङ्देल, भोलाराज सापकोटालगायत टुँडिखेल पुगेका थिए ।

कार्यक्रममा फिल्मका नायक दयाहाङले नेपाल बहुल जाति र भाषिक देश भएकाले एकअर्काको संस्कार र संस्कृति बुझ्न जरुरी भएको बताए । नायिका मिरुनाले आफू सानैमा विदेश गएकाले पनि मगर संस्कार र संस्कृतिलाई नजिकबाट बुझ्न नपाएको भन्दै ‘घर ज्वाइँ’ले आफूलाई मगर संस्कृतिबारे बुझ्ने अवसर दिएको बताइन् ।

जिएम मूभीज र एबीएम सिनेमा प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा सुसन प्रजापतिको छायाङ्कन छ । पूर्वी रुकुम आसपासमा छायाङ्कन गरिएको फिल्मको कथा पनि निर्देशक अनिल आफैंले लेखेका हुन् ।

उनलाई पटकथा तथा संवाद लेखनमा विनोद खतिवडा र सुभाष कोइरालाले सघाएका छन् । फिल्ममा दयाहाङ र मिरुनाका अलवा बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापा मगर, सोनाम लामा, बिबेश बुढा मगर, सुनिल मगरले अभिनय गरेका छन् ।

फिल्मको गीतमा हर्क साउद र मनोज थापाको शब्द तथा संगीत छ । कृष्ण भन्डारीको सम्पादन रहेको फिल्मको डिजिटल पार्टनर बुढासुब्बा डिजिटल हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
संगीत गैरेको ‘उद्यमी’

काठमाडौं । बुटवलका युवा उद्यमी संगीत गैरेले ‘उद्यमी’ बोलको गीत ल्याएका छन् ।

भरतचन्द्र गुरुङको तामाङ सेलो ‘आम्बोइ नि’

  काठमाडौँ । नेपाली सेनाका अवकास प्राप्त मानार्थ उपरथी भरतचन्द्र गुरुङको स्वरमा तामाङ

चलचित्र ‘आँखा’को ट्रेलर सार्वजनिक

काठमाडौं । यही असोज ११ गतेदेखि प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘आँखा’को ट्रेलर सार्वजनिक

आईसीसी सिड्नी थिएटरमा ‘१९७४ एडी’ को ऐतिहासिक प्रस्तुति

काठमाडौं ।  चर्चित ब्यान्ड १९७४ एडी ले अष्ट्रेलियास्थित सिड्नीको आईसीसी थिएटरमा पहिलोपटक सांगीतिक