नाजिर र सृष्टि वरपर घुमेको ‘केटी हराएको सूचना’ को ट्रेलर



काठमाडौं । दीपेन्द्र गौचन निर्देशित फिल्म ‘मिसिङः केटी हराएको सूचना’ को नयाँ ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा फिल्मका शीर्ष कलाकार नाजिर हुसेन र सृष्टि श्रेष्ठ वरपर घुमेको छ ।

सामाजिक सञ्जालबाट भेटिएका नाजिर र सृष्टिबीच यात्रामा निस्किँदा आउने उतारचढावलाई ट्रेलरमा स्थान दिइएको छ। ट्रेलरले फिल्मले पहाडी–मधेशी मेलमिलापको खोजी गरेको देखाएको छ।

फिल्ममा नाजिर रामको भूमिकामा र सृष्टि सीताको भूमिकामा छन् । फिल्ममा नाजिर र सृष्टिसँगै सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौशल्या ठाकुर, ललितादेवी मिश्र, रूपेश मण्डल, सुदीप पटेल, अनिल कुर्मी, मनोज शाह, अर्जुन पोखरेल र ओमप्रकाश कर्णको अभिनय छ। फिल्ममा अमितेष शाह विशेष भूमिका छन् । फिल्म माघ ११ गतेदेखि प्रदर्शन हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एलिनाको प्रशंसा गर्दै समीक्षाले भनिन्-बहिनीका रुपमा म सधैं तपाईंको साथमा रहिरहनेछु

काठमाडौं । गायिका समीक्षा अधिकारीले गायिका एलिना चौहानले आफूलाई हिम्मतवाली, सक्षम र साहसी

गायिका एलिना चौहानले गरिन् पतिसँग सम्बन्धविच्छेद

काठमाडौं । गायिका एलिना चौहानले श्रीमान् विष्णु सापकोटासँग सम्बन्धविच्छेद गरेकी छन् । एलिनाले

बालकलाकार हुँदै अभिनय सुरू गरे अभिनेता सलोन बस्नेत अब निर्माता

काठमाडौं । बालकलाकार हुँदै अभिनय सुरू गरे अभिनेता सलोन बस्नेत अब निर्माता बनेका

‘नैना रेशम’ मा स्मारिका र सुरेशको अभिनय

काठमाडौं गायिका ईश्वरी बरालले नयाँ गीत ‘नैना रेशम’ ल्याएकी छन् । गीतको शब्द