‘लण्डन टु पेरिस’को ट्रेलर सार्वजनिक



काठमाडौं । निर्देशक घनश्याम लामिछाने निर्देशित फिल्म ‘लण्डन टु पेरिस’को ट्रेलर सार्वजनिक भएको छ । ओएसआर डिजिटलको युट्युब च्यानलबाट सार्वजनिक तीन मिनेट लामो ट्रेलरमा फिल्मका ‘डेब्यू’ नायक निश्चल खड्काको नायिका साम्राज्ञी आरएल शाह र ‘डेब्यू’ नायिका गरिमा शर्मासँगको त्रिकोणात्मक प्रेमको द्वन्द्व देखाइएको छ ।

फिल्ममा अर्का नायक कविर खड्कालाई निश्चलको साथीका रुपमा प्रस्तुत गरिएको छ । साम्राज्ञीबाट धोका पाएपछि फिल्मका नायक निश्चलले कवीरकै सल्लाहमा गरिमासँग प्रेम गरेको बुझ्न सकिन्छ ।

ट्राभल लभस्टोरीको कथा रहेको फिल्ममा प्रदीप भारद्वाजको कथा, पटकथा र संवाद छ । फिल्ममा रुष्मा थापा, मनिष श्रेष्ठ तथा मनिष गान्धीको पनि अभिनय छ । एबी इन्टरनेश्नलको प्रस्तुति रहेको फिल्ममा गौतम प्रोडक्शन र अर्चिड भेस फिल्मस् लिमिटेडको निर्माण सहकार्य रहेको छ । अमित बस्नेतले निर्माण गरेको फिल्ममा आरोन बस्नेत, एरियाना बस्नेत र परी राना निर्माता छन् ।

सनिश खकुरेल र अजित केआर थापा सह–निर्माता रहेको फिल्ममा अंकित गौतम, सुरज कुँवर र विजय भण्डारी कार्यकारी निर्माता छन् । फिल्ममा अभेद परवको डिओपी, हर्कुलश बस्नेत, एसडी योगी, बियोण्ड र सलिन मगरको संगीत, सजु चन्द्रनको सम्पादन, सुजिल कर्माचार्यको पाश्र्व संगीत, लंगनेस फर्नान्डेजको कोरियोग्राफी, साहिल खानको ट्रेलर, विजय वस्यालको पोस्टर डिजाइन, मुख्य सहायक निर्देशकमा फिरोज खड्का रहेका छन् । रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मस्ले वितरण गर्ने फिल्म यही जेठ २५ गते रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
संगीत गैरेको ‘उद्यमी’

काठमाडौं । बुटवलका युवा उद्यमी संगीत गैरेले ‘उद्यमी’ बोलको गीत ल्याएका छन् ।

भरतचन्द्र गुरुङको तामाङ सेलो ‘आम्बोइ नि’

  काठमाडौँ । नेपाली सेनाका अवकास प्राप्त मानार्थ उपरथी भरतचन्द्र गुरुङको स्वरमा तामाङ

चलचित्र ‘आँखा’को ट्रेलर सार्वजनिक

काठमाडौं । यही असोज ११ गतेदेखि प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘आँखा’को ट्रेलर सार्वजनिक

आईसीसी सिड्नी थिएटरमा ‘१९७४ एडी’ को ऐतिहासिक प्रस्तुति

काठमाडौं ।  चर्चित ब्यान्ड १९७४ एडी ले अष्ट्रेलियास्थित सिड्नीको आईसीसी थिएटरमा पहिलोपटक सांगीतिक