‘दिल रोएको बेला’ मा शिल्पा र अनुप



काठमाडौं । निर्देशक कृष्णदेव रुपाखेतीको निर्देशनमा शिल्पा र अनुप एकदमै राम्रो अभिनय रहेको भिडियो ‘दिल रोएको बेला’ सार्वजनिक भएको छ ।

संगीतकार लक्ष्मण पोखरेलको संगीतमा निकै नै मर्मस्पर्शी कर्णप्रिय गीत प्रसिद्ध गायक गायिका स्वरुपराज आचार्य र अन्जु पन्तको स्वरमा नारायण रेग्मीको शव्द रहेको गीतमा शिल्पा पोखरेल र अनुपजंग थापा ‘विचित्र’को अभिनय रहेको छ ।

चर्चित निर्देशक कृष्णदेव रुपाखेतीको निर्देशनमा तयार भएको भिडियोलाई अविदित फाउन्डेशनले प्रस्तुत गरेका छ। ओएसआर डिजिटलबाट सार्वजनिक भएको गीतमा अशोक थापाको संगीत संयोजन, मनोज डंगोलको रेकर्डिङ किशोर थापाको मिक्सिङ र मास्टरिङ्ग रहेको छ ।

मुकेश हुमागाईंको छायाङ्कन, राहुल बराइली कोरियोग्राफर, विनोद वम को सम्पादन र कलर ,सरगम गाहाको मेकअप रहेको छ ।

लामो समयदेखि जर्मनी वसेर नेपाली गीत संगीत क्षेत्रमा केही गर्ने उद्देश्यका साथ गीत संगीतमा लागेका अनुपजंग नेपाली कला क्षेत्रका लागि एउटा आशा लाग्दो अनुहार हो । मोडल अनुपजंगको पहलमा स्थापना भएको अविदित फाउन्डेशन मार्फत उनले नेपाली गीत संगीतको साथ साथै सामाजिक कार्यमा पनि उत्तिकै कार्यहरु गरिएका छन् ।

गीत संगीतबाट आएको आम्दानीलाई उनले उक्त फाउन्डेशन मार्फत सामाजिक कार्यमा काम गर्दै आएका छन् ।दिल रोएको बेला गीतबाट आएको आम्दानीलाई पनि अनुपजंगले सामाजिक कार्यमा काम गर्ने वताएका छन् । साउथ ईन्डियन लुक्स भएका अनुपसँग काम गर्ने पाउँदा खुशी लागेको निर्देशक कृष्णदेव रुपाखेतीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दुई सातामा चार चलचित्र प्रदर्शन हुँदै

  काठमाडौँ ।  शुक्रबार नयाँ चलचित्र प्रदर्शन गर्ने गरिन्छ । यद्यपि शुक्रबार कुनै

‘फर्की फर्की’ मा ‘टाइम लुप’को प्रयोग

  काठमाडौँ ।  नेपालमा सामाजिक विधा (सोसल ड्रामा) मा धेरै चलचित्र बनिरहेका छन्

दीपक लिम्बु र वेनिषा पौडेलको ‘रिटिङ रिटिङमा’

काठमाडौं । प्रतिष्ठित गीतकार तथा नेपाल राष्ट्र बैंकका पूर्वडेपुटी गभर्नर तथा हाल नेपाल

‘पुजार सार्की’को ‘जाउँ माया’ मा आर्यन र अञ्जनाको प्रेम प्राप्तीको पीडा

काठमाडौं । यही जेठ १० गते विश्वव्यापी रूपमा एकसाथ रिलिज हुने नेपाली चलचित्र