कस्तो लाग्यो पूर्वरानी कोमललाई ‘महाजात्रा’ ?



काठमाडौं । पूर्वरानी कोमल शाहले शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘महाजात्रा’ हेरेकी छन् । हिमानी ट्रष्टले शुक्रबार बेलुका काठमाडौंको सुन्धारास्थित सिभिल मलमा आयोजना गरेको शोमा पूर्वरानी कोमलले फिल्म हेरेकी हुन् । फिल्म हेरेपछि उनले फिल्मको टिमसँग भेटघाट गर्दै बधाई दिएकी थिइन् ।

नेपालसहित विश्वव्यापी रुपमा एकसाथ रिलिज भएको यो फिल्म अष्ट्रेलियाको सिड्नी, होवर्ट लगायतका केही सहरमा ‘सोल्ड आउट’ भएको छ । यता नेपालमा भने शुक्रबार दर्शक प्रतिक्रिया बुझ्न निर्देशक प्रदीप भट्टराई, अभिनेता हरिवंश आचार्य, विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउतलगायत हलमा पुगेका थिए ।

अभिनेता हरिवंशले दर्शकले दिएको प्रतिक्रियाले आफूहरूको मेहनत सफल भएको भन्दै शनिवार पनि दर्शकसँग भेट्ने जानकारी दिए । ‘महाजात्रा’मा हरिवंश आचार्य, विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, वर्षा राउत, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहेको छ । फिल्ममा म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल निर्माता छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ट्रान्सजेन्डर महिलाको बौद्धिक तथा सौन्दर्य प्रतियोगिता हुने

काठमाडौँ । यौनिक तथा अल्पसङ्ख्यक (ट्रान्सजेन्डर) महिलाहरूको बौद्धिक तथा सौन्दर्य प्रतियोगिता हुने भएको

मैथिली भाषाका चलचित्र न्यून

  काठमाडौँ । नेपालमा नेपालीबाहेक अन्य भाषामा निकै कम सङ्ख्यामा चलचित्र निर्माण हुने

फागुन १४ मा ‘लाज शरणम्’ रिलिज हुने

काठमाडौं । चर्चित हाँस्य टेलिसिरियल ‘सक्किगोनी’ टिमले निर्माण गर्न लागेको फिल्म ‘लाज शरणम्’

तनहुँमा चलचित्र निर्माण कार्यशाला आयोजना

  तनहुँ । तनहुँको  भिमाद नगरपालिका–२ रघुगाउँमा मगर चलचित्रकर्मी सङ्घको आयोजनामा प्रयोगात्मक चलचित्र