यस्तो छ ‘डिग्री माइला’ को ट्रेलर



काठमाडौं । यही चैत ३० गतेदेखि प्रदर्शन हुने रामबाबु गुरुङ निर्देशित चलचित्र ‘डिग्री माइला’ को ट्रेलर सार्वजनिक गरिएको छ ।
चलचित्रमा अभिनेता दयाहाङ राई तथा अभिनेत्रि आंचल शर्मा मुख्य भूमिकामा छन् । नाटक जनरामा आधारित चलचित्रमा शहरमा एमए पास गरेर गाउँ फर्किएको पात्रको अहंकार र त्यसले उत्पन्न गरेको परिस्थितिलाई देखाइएको छ ।

शुक्रबार ट्रेलर सार्वजनिक कार्यक्रममा चलचित्रकी अभिनेत्री आँचल शर्माले रामबाबुसँग काम गर्ने तीव्र इच्छाको साथ पर्खाइमा बसेको पूरा भएको बताइन् ।

काम गर्ने इच्छाका कारण आफूलाई फिल्ममा लिन ‘पडकास्ट’ बाटै आग्रह गरेको उल्लेख गरेकि आँचलले टिम वर्कका साथ काम गरेकोले राम्रो चलचित्र बनेको दाबी गरिन् ।

बाँसुरी फिल्मको ब्यानरमा निर्माण भएको फिल्ममा प्रकाश घिमिरे, विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, कमलमणि नेपाल, हिउँवाला गौतम, सोमनाथ खनाल, पशुपति राई, लोकेन्द्र लेखक लगायतको अभिनय छ । ‘किन चाउरिस मरिच आफ्नै रागले’ भन्ने उखानलाई ट्यागलाइन बनाएको फिल्म शिवराम श्रेष्ठ र रिले एच. शेनको छायांकन गरेका हुन् । निमेष श्रेष्ठले सम्पादन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नाटक ‘म्यारिज प्रपोजल’ मञ्चन हुँदै

काठमाडौ । आगामी जेठ १० देखि नाटक ‘म्यारिज प्रपोजल’ पुनः मञ्चन हुने भएको

प्रकाश सपुत: गायक र अभिनेतादेखि चलचित्र निर्देशनसम्म

गण्डकी । गायन तथा अभिनयमा रमाइरहेका कलाकार प्रकाश सपुत पछिल्लो समय चलचित्र निर्माण

‘मनसरा’ को नयाँ गीत ‘एक तार मनको’

काठमाडौं । शुक्रबारदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘मनसरा’ को नयाँ गीत सार्वजनिक गरिएको

‘बोक्सीको घर’ को कथा बोल्ने गीत ‘बुझिन मैले’

काठमाडौँ । केही समययता नेपाली चलचित्र ‘बोक्सीको घर’ मा समावेश गरिएको ‘बुझिन मैले’