मनाइयो सङ्गीतकार अम्बर गुरुङको ८६औँ जन्मजयन्ती



 

काठमाडौँ ।  नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले सोमबार वरिष्ठ सङ्गीतिज्ञ, प्रज्ञा–प्रतिष्ठानका प्रथम कुलपति एवम् राष्ट्रगानका सङ्गीतकार अम्बर गुरुङको ८६औँ जन्मजयन्तीका अवसरमा साङ्गीतिक कार्यक्रम गरेको छ ।

कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति निशा शर्माले सङ्गीतकार गुरुङको योगदानलाई भुल्न नहुने बताइन् । उनले भनिन्, “उहाँले देख्नुभएको नेपाली अर्केष्ट्राको सपनालाई साकार पार्न प्रज्ञा–प्रतिष्ठान प्रयासरत छ, सोही अनुसार हामी गतिविधि गरिरहेका छौँ ।”

नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले सङ्गीतकार गुरुङ बहुआयामिक व्यक्तित्व भएको बताए । उनले भने, “ गुरुङलाई राष्ट्रगानको सङ्गीतकार मात्र भन्दा योगदान ओझेलमा पर्न सक्छ । उहाँ सङ्गीतको ऋषिमुनि हुनुहुन्छ ।”

कार्यक्रममा वरिष्ठ गायिका सङ्गीता प्रधानले ‘कति सम्हालुँ चोटहरु…’, वरिष्ठ गायिका कुन्ती मोक्तानले ‘उकाली चढ्दा पसिना पुछ्ने…’ र विष्णु अधिकारीले ‘मेरो यो गीतमा जुन मुर्छना…’ बोलका गीतहरु गाएका थिए ।

कार्यक्रममा वरिष्ठ सङ्गीतकार दीपकजङ्गम, वरिष्ठ गीतकार श्यामप्रकाश तमोट, सङ्गीतकार अमूल कार्की ढलीलगायतले आफ्नो भनाइ राखेका थिए । कार्यक्रममा प्रज्ञा–प्रतिष्ठानका परिषद् सदस्यहरु, सभासदस्यहरु, वरिष्ठ सङ्गीत तथा नृत्य  साधकहरुलगायत सङ्गीत नाट्य विधासँग सम्बन्धित विभिन्न सङ्घसंस्थाका पदाधिकारीको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
संगीत गैरेको ‘उद्यमी’

काठमाडौं । बुटवलका युवा उद्यमी संगीत गैरेले ‘उद्यमी’ बोलको गीत ल्याएका छन् ।

भरतचन्द्र गुरुङको तामाङ सेलो ‘आम्बोइ नि’

  काठमाडौँ । नेपाली सेनाका अवकास प्राप्त मानार्थ उपरथी भरतचन्द्र गुरुङको स्वरमा तामाङ

चलचित्र ‘आँखा’को ट्रेलर सार्वजनिक

काठमाडौं । यही असोज ११ गतेदेखि प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘आँखा’को ट्रेलर सार्वजनिक

आईसीसी सिड्नी थिएटरमा ‘१९७४ एडी’ को ऐतिहासिक प्रस्तुति

काठमाडौं ।  चर्चित ब्यान्ड १९७४ एडी ले अष्ट्रेलियास्थित सिड्नीको आईसीसी थिएटरमा पहिलोपटक सांगीतिक