प्रेम कथामा ‘रुमानी रङ्ग’ बन्ने



 

काठमाडौँ । अनिल योञ्जनको निर्देशनमा नेपाली चलचित्र ‘रुमानी रङ्ग’ बन्ने भएको छ । बिहीबार कमलपोखरीस्थित चलचित्र भवनमा अभिनेता धीरज मगर र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको अभिनय रहने जानकारीसहित चलचित्र निर्माण घोषणा गरिएको हो ।

यसअगाडि ‘इन्टु मिन्टु लन्डनमा’ जोडी बनेर प्रस्तुत हुँदा झैँ यसपटक काम गर्न आफूहरू उत्साहित रहेको अभिनेता मगरले बताए । “मलाई यो चलचित्रको कथाले आकर्षित गरेको हो । मैले आफूलाई प्रस्तुत गर्न चाहिरहेको भूमिका यसमा छ । यो प्रेमकथामा आधारित रोमान्टिक कमेडी चलचित्र हो”, उनले भने । उनले चलचित्र अष्ट्रेलियामा छायाङ्कन हुने जानकारी दिँदै आफू तयारीमा जुटेको बताए ।

अभिनेत्री शाहले कथाको तारिफ गर्दै आफू सधैँ फरक भूमिकामा प्रस्तुत हुन प्रयत्नशील रहेको बताइन् । “मैले अघिल्ला चलचित्रमा पनि फरक भूमिका गर्ने कोसिस गरेकी थिएँ । केही सफलता र केही असफलतामार्फत प्राप्त सिकाइौ कारण अहिले सन्तुलित रुपमा काम  गरिरहेकी छु”, उनले भनिन् ।

उनले निर्देशकले कथा सुनाउने शैली र प्रस्तुतिकरणका विषयमा गरेको तयारी र अभिनेता मगर चलचित्रमा रहेकाले पनि आफूलाई राम्रो बन्नेमा विश्वस्त हुने आधार पुगेको बताइन् ।

‘डायरी’मार्फत निर्देशनको सुरुवात गरेको निर्देशक योञ्जनले यसपटक पूर्ण रुपमा प्रेम कथानक चलचित्रको तयारी गरेको जानकारी दिए । उनले भने, “अहिले हाम्रो प्रेम कथानक चलचित्र परिवारले हेर्ने कमै बनिरहेका छन् । यो प्रेम कथामा परिवार पनि उत्तिकै जोडिएको छ । यो सबै वर्गका दर्शकलाई हुने किसिमले तयार गर्नेछु ।”

उनले चलचित्रको छायाङ्कन आउँदो वर्ष विसं २०८१ को वैशाख अन्तिमदेखि अष्ट्रेलियामा हुने जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाली चलचित्रका लागि चीनको बजार कति सम्भव ?

काठमाडौं ।  सन् २०२४ को तथ्यांकलाई हेर्ने हो भने चीनमा ८६ हजार पर्दा

चिनियाँ चलचित्रकर्मीले नेपाललाई छायाङ्कन गन्तव्य बनाउनुपर्दछ : उपमहासचिव पुन

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले चिनियाँ चलचित्रकर्मीलाई नेपाल आएर

नाजिर र सृष्टि वरपर घुमेको ‘केटी हराएको सूचना’ को ट्रेलर

काठमाडौं । दीपेन्द्र गौचन निर्देशित फिल्म ‘मिसिङः केटी हराएको सूचना’ को नयाँ ट्रेलर

मण्डला थिएटरमा माघ ४ देखि २७ सम्म ‘मुक्कुम्लुङः चोत्लुङ अफ याक्थुङ’ नाटक मञ्चन हुने

काठमाडौँ ।  मण्डला थिएटरमा माघ ४ देखि २७ गतेसम्म ‘मुक्कुम्लुङः चोत्लुङ अफ याक्थुङ’