इन्डियन आइडलको टप १० बाट टप ८ मा जाने क्रममा बाहिरिइन् मेनुका



काठमाडौं । भारतको चर्चित गायन रियालिटी शो ‘इन्डियन आइडलु सिजन १४’ उपाधि दौडमा रहेकी नेपाली गायिका मेनुका पौडेल प्रतिस्पर्धाबाट बाहिरिएकी छिन् । उनी टप १० बाट टप ८ मा जाने क्रममा बाहिरिएकी हुन् ।

उनीसँगै अर्का प्रतिस्पर्धी उत्कर्ष वाङखडे पनि बाहिरिएका छन् । इण्डियन आइडलको इतिहासमै पहिलो पटक एकैदिन दुई जनालाई इलिमिनेसन गरिएको हो ।

झापा हल्दीबारीका मेनुका दृष्टिविहीन छिन् । तर उनको गायिकी भने प्रशंसानीय छ । उनकोे गायिकीले इण्डियन आइडलमा प्रशंसा बटुलेको थियो । आइडलका निर्णायक तथा अतिथि कलाकारहरूले समेत उनको गायकीको मुक्तकण्ठले प्रशंसा गर्दै आएका थिए । उनलाई ‘दोस्रो लता मंगेश्कर’ भनी प्रशंसा गर्नेहरू पनि थिए ।

उनी आज घर फर्किदैछिन् । मुम्बईबाट विहान साढे १० बजे बागडोगरा विमानस्थल ओर्लिनेछिन् । उनलाई बाजागाजासहित स्वागत तथा सम्मान गर्ने तयारी रहेको पारिवारिक श्रोतले जनाएको छ । झापाबाट उनका प्रशंसकहरू बागडोगरा विमानस्थल पुगेका छन् ।

इन्डियन आइडलको टप १० मा पुगेर विश्वभर नेपालीलाई चिनाउने काम गरेको भन्दै मेनुकालाई गृहपालिका हल्दीबारी र यहाँका सप्तक संगीत विद्यालय सहित संघसंस्थाले सम्मान गर्ने कार्यक्रमसमेत राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाली चलचित्रका लागि चीनको बजार कति सम्भव ?

काठमाडौं ।  सन् २०२४ को तथ्यांकलाई हेर्ने हो भने चीनमा ८६ हजार पर्दा

चिनियाँ चलचित्रकर्मीले नेपाललाई छायाङ्कन गन्तव्य बनाउनुपर्दछ : उपमहासचिव पुन

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले चिनियाँ चलचित्रकर्मीलाई नेपाल आएर

नाजिर र सृष्टि वरपर घुमेको ‘केटी हराएको सूचना’ को ट्रेलर

काठमाडौं । दीपेन्द्र गौचन निर्देशित फिल्म ‘मिसिङः केटी हराएको सूचना’ को नयाँ ट्रेलर

मण्डला थिएटरमा माघ ४ देखि २७ सम्म ‘मुक्कुम्लुङः चोत्लुङ अफ याक्थुङ’ नाटक मञ्चन हुने

काठमाडौँ ।  मण्डला थिएटरमा माघ ४ देखि २७ गतेसम्म ‘मुक्कुम्लुङः चोत्लुङ अफ याक्थुङ’