यस्तो छ ‘दुई कदम’को ट्रेलर



काठमाडौं । उदय सुब्बा निर्देशित फिल्म ‘दुई कदम’को ट्रेलर सार्वजनिक गरिएको छ । बुधबार राजधानीमा आयोजित कार्यक्रमबीच सार्वजनिक २ मिनेट ३ सेकेण्ड लम्बाईको ट्रेलरमा एक जोडीको प्रेममा आउने उतार–चढाव र लिम्बु संस्कारलाई प्रस्तुत गरिएको छ ।

फिल्मको सार्वजनिक ट्रेलरको सुरुवातमा रहेको इओन लिम्बु र सिमोन गिरीको बाइक यात्रा र नोकझोंकका दृश्यले दर्शकमाझ कौतुहल्ता पैदा गर्ने देखिन्छ ।

फिल्ममा इओन र सिमोनका अलावा गौरव पहारी, विमला लिम्बु, सुनिल थापा, कविता आले, सुरवीर पन्डित, प्रेम सुब्बा, बुद्धि तामाङ, अर्जुन गुरुङ, जीवन लिम्बु, चन्दा दाहाल, प्रितिका शर्मा आदिको पनि अभिनय छ । फिल्मको एक गीतमा विल्सन विक्रम राई, वर्षा सिवाकोटी र गीता ढुंगानाले पनि नृत्य गरेका छन् ।

अजम्बरी फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा तारा देवी लिम्बुको लगानी छ । पूर्वको धनकुटा, तेह्रथुमको वसन्तपुर, इलाम, झापा र धरानमा खिचिएको फिल्मको एक गीत मुस्ताङमा छायांकन गरिएको थियो ।

फिल्ममा विक्रम डिसीको छायांकन, दयाराम घिमिरेको कथा तथा पटकथा, ताराप्रकाश लिम्बु, विकास चौधरी र आशिष अविरलको संगीत, डिपी खनालको गीत लेखन, रामजी लामिछानेको कोरियोग्राफी, राजु किराँतीको द्वन्द्व निर्देशन र प्रविन ढकालको सम्पादन छ । फिल्मलाई रिच इन्टरटेनमेन्ट र एफडी कम्पनिले वितरण गर्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रचना रिमालको तीज गीत ‘बिलौना’

काठमाडौँ । गायिका रचना रिमालको नयाँ तीज गीत सार्वजनिक भएको छ। पछिल्लो समयकी

शान्ति श्रीको तीज गीत ‘मै हुँ शिवको शिवानी’

काठमाडौं । गायिका शान्ति श्री परियारको ‘मै हुँ शिवको शिवानी’बोलको तीज गीत सार्वजनिक

मेषी दण्डः मातृभाषामाथि दमनको एक इतिहास

  काठमाडौँ । सबै मान्छेले बोल्ने भाषा एउटै भए के हुन्थ्यो होला ?

अरुण थापा स्मृति साँझ: गुञ्जिए कालजयी गीतहरू

भक्तपुर । ‘साँझको जुनसँगै, आउँछौ तिमी भनेर, टोलाइरहन्छु आकाशमा रातको तारा गनेर सजाइरहन्छु,