‘फर्की फर्की’को शुभ मुहूर्त



काठमाडौँ । चलचित्र ‘फर्की फर्की’ को शुभ मुहूर्त गरिएको छ। शुक्रबार ललितपुरको पाटनस्थित बंगलामुखी मन्दिरमा बिहान शुभ मुहूर्त गरिएको हो । लभस्टोरी जनरामा बन्ने भनिएको चलचित्रमा अनमोल केसी र जसिता गुरुङ मुख्य भूमिका रहनेछन् ।

अन्य कलाकार कृष्ण मल्ल, निर्मल शर्मा, विन्दा खतिवडा, अशिक गुरुङ, माओत्से गुरुङ, रुस्का वैद्य श्रेष्ठ, अर्नव घिमिरे, प्रेम पाण्डे र नयाँ कलाकार समृद्धि अर्याल, रवि काफ्लेलगायतको अभिनय रहनेछ।

चलचित्रको सुयोग गुरुङले निर्देशन गर्नेछन् । चलचित्रको छायाँकन मंसिर ११ मा पोखराबाट सुरु गरिने निर्माण टिमले जनाएको छ। काठमाडौँ र पोखरालगायत क्षेत्रमा नरेन्द्र मैनालीले छायाँकन गर्नेछन्।

चलचित्रमा निर्देशक सुयोगकै कथा तथा पटकथा रहनेछ । टिमले यसअघि आगामी जेठ ११ गतेलाई प्रदर्शन तोकिसकेको छ। चलचित्र रोहित अधिकारी र ओम अग्रवालको लगानीमा निर्माण हुनेछ । निमेष श्रेष्ठको सम्पादन गर्ने चलचित्रमा रोमन बज्राचार्य, नरेन लिम्बु र अनमोल गुरुङको संगीत रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भरतचन्द्र गुरुङको तामाङ सेलो ‘आम्बोइ नि’

  काठमाडौँ । नेपाली सेनाका अवकास प्राप्त मानार्थ उपरथी भरतचन्द्र गुरुङको स्वरमा तामाङ

चलचित्र ‘आँखा’को ट्रेलर सार्वजनिक

काठमाडौं । यही असोज ११ गतेदेखि प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘आँखा’को ट्रेलर सार्वजनिक

आईसीसी सिड्नी थिएटरमा ‘१९७४ एडी’ को ऐतिहासिक प्रस्तुति

काठमाडौं ।  चर्चित ब्यान्ड १९७४ एडी ले अष्ट्रेलियास्थित सिड्नीको आईसीसी थिएटरमा पहिलोपटक सांगीतिक

यश कुमारको नयाँ गीत ‘आँखा बन्द गरेर’

काठमाडौं । गायक यश कुमारले आफ्नो नयाँ गीत ‘आँखा बन्द गरेर’ बजारमा ल्याएका