प्रताप दास र मेलिना राईको ‘काग भन्दा कोइली चलाख’



काठमाडौँ । चलचित्र ‘दुई कदम’को गीत ‘काग भन्दा कोइली चलाख’ सार्वजनिक भएको छ । सोमबार ओएसआर डिजिटल युट्युब च्यानलबाट गीत सार्वजनिक गरिएको हो ।

गीत चर्चित गायक प्रताप दास र गायिका मेलिना राईले गाएका छन् । डिपी खनालको शब्द रहेको गीतमा विकास चौधरीले संगीत भरेका छन् । गीतको भिडियोमा कलाकार विल्सन विक्रम राई विशेष भूमिकामा देखिएका छन्। साथै अन्य कलाकार गौरव पहारी, इओन लिम्बु, सिमोन गिरी, विमला लिम्बू र गीता ढुंगानालाई देख्न सकिन्छ ।

चलचित्रमा डेब्यू कलाकार इओन लिम्बु र सिमोन गिरीसहित सुनिल थापा, कविता आले, सुरवीर पण्डित, बुद्धि तामाङ, प्रेम सुब्बा, अर्जुन गुरुङ, विमला लिम्बू, जीवन लिम्बू, चन्दा दाहाल र प्रीतिका शर्मालगायतको अभिनय छ ।

उदय सुब्बाको निर्देशनमा बनेको चलचित्र मंसिर २९ देखि प्रदर्शन हुनेछ। दयाराम घिमिरेले चलचित्रको कथा तथा पटकथा लेखेका छन्। अजम्बरी फिल्मस्को ब्यानरमा बनेको चलचित्र तारा देवी लिम्बूले लगानी गरेकी छन् ।

विक्रम डिसीले छायाँकन गरेको चलचित्र प्रविन ढकालको सम्पादन, डिपी खनालको शब्द, तारा प्रकाश लिम्बू र विकास चौधरीको संगीत, राजु किराँतीको द्वन्द्व निर्देशन र रामजी लामिछानेको कोरियोग्राफीमा बनेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दुई सातामा चार चलचित्र प्रदर्शन हुँदै

  काठमाडौँ ।  शुक्रबार नयाँ चलचित्र प्रदर्शन गर्ने गरिन्छ । यद्यपि शुक्रबार कुनै

‘फर्की फर्की’ मा ‘टाइम लुप’को प्रयोग

  काठमाडौँ ।  नेपालमा सामाजिक विधा (सोसल ड्रामा) मा धेरै चलचित्र बनिरहेका छन्

दीपक लिम्बु र वेनिषा पौडेलको ‘रिटिङ रिटिङमा’

काठमाडौं । प्रतिष्ठित गीतकार तथा नेपाल राष्ट्र बैंकका पूर्वडेपुटी गभर्नर तथा हाल नेपाल

‘पुजार सार्की’को ‘जाउँ माया’ मा आर्यन र अञ्जनाको प्रेम प्राप्तीको पीडा

काठमाडौं । यही जेठ १० गते विश्वव्यापी रूपमा एकसाथ रिलिज हुने नेपाली चलचित्र