चलचित्रमा पात्र चयन



 

काठमाडौँ । कुनै चलचित्र हेर्ने नहर्ने निर्णय लिने कारण कलाकार हुन्छन् । त्यसैले पोस्टरमा उनीहरूलाई प्रस्तुत गर्ने गरिन्छ । कुनै भूमिकामा कलाकार उपयुक्त देखिँदैनन् भने कुनै भूमिकाले दर्शकको मन मात्र नभई अवार्ड नै जित्न सफल हुन्छन् । चलचित्रमा देखिने कलाकारले ती भूमिका कसरी पाउने गर्छन् ? वा निर्देशकले चरित्र चयन कसरी गर्ने गरेका छन् ? विदेशी चलचित्रमा कलाकार छनोट गर्ने एजेन्सी नै हुन्छ । उनीहरूले नै कथा पढेर पात्रअनुसार कलाकार सुझाव दिने गर्छन् ।

नेपालमा भने केही वर्षयता चलचित्रमा आकर्षण बढेको छ । यसले गर्ने व्यापारको आँकडा बढ्दैछ । विशेषगरी अभिनेता सुनिल थापाले निर्वाह गरेको ‘राते काइँला’, राजेश हमालले निर्वाह गरेको ‘शङ्कर’, सौगात मल्लले निर्वाह गर्नुभएको ‘हाकु काले’, दयाहाङ राईले निर्वाह गरेको ‘काजी’ लगायतका केही चरित्र दर्शकमाझ लोकप्रिय छ ।

कथामा लेखिएको पात्रको रूप कस्तो हुन्छ भन्ने तय निर्देशकले गर्ने गरेका छन् । पात्रको गाउँ, स्वभाव, वर्णदेखि शिक्षा र हाउभाउसमेत पात्र छनोट गर्ने निर्देशक वा चलचित्रको निर्देशकले तय गर्छन् । नेपालमा चलचित्रका लागि कलाकार छनोट र भूमिकामा पात्र चयन केही वर्षयता प्रक्रियागत रूपमै हुन थालेको निर्देशक दिनेश राउतले बताए ।

“मैले सुरुवाती समयमा आफू निर्देशक बन्ने मै केन्द्रित रहेर काम गरेँ । सायद त्यो समयमा मैले कलाकार ‘डिमाण्ड’ गर्न सक्दिन थिएँ । त्यसैले काम मात्र गरेँ”, निर्देशक राउतले भने, “पछिल्लो दुई चलचित्र ‘प्रसाद र प्रकाश’मा भने भूमिका सुहाउँदो कलाकारको ‘अडिसन’ लिएर नै चयन गरेको हुँ । किनकि अहिले चलचित्र निर्माण शैली फेरिएको छ । साथै हामीले यो कलाकार चाहियो पनि भन्न सक्छौँ ।”

निर्देशनको प्रारम्भ ‘नोभेम्बर रेन’ मार्फत गर्दा उनले सबै काम आफैँ गर्थे । यद्यपि अहिले कलाकार छनोट गर्ने निर्देशक नै हुन्छन् । उनले पछिल्लो चलचित्र ‘प्रकाश’ मा अभिनेता अनुप बराललाई कलाकार छनोटको जिम्मा दिएका थिए ।

चलचित्रको भाषामा ‘कास्टिङ डाइरेक्टर’ भनिन्छ । उनको काम नै कथा लेखिएको पात्रअनुसारको कलाकार छनोट गरेर निर्देशकसम्म पुर्याउने हुन्छ ।

निर्देशक राउत बजारमा हुने व्यापारको अनुमानमा निर्माताले नै मुख्य कलाकार तय गरिसक्ने प्रचलन अझै रहेको बताए । “कुन भूमिकामा कसलाई तय गर्ने निर्देशकको काम हो । तर हामी बजारको निर्देशनभन्दा बाहिर धेरै जान सक्दैनौँ । किनकी सफलता वा असफलताको मापन बक्सअफिसले नै गर्छ”, निर्देशक राउतले भने, “व्यावसायिक पाटोलाई विशेष महत्व दिएका चलचित्र अहिले पनि बजारकै निर्देशनमा बनिरहेका छन् । यद्यपि कलात्मक पाटो हावी भएको चलचित्रमा भने प्रयास भएका छन् । परिवर्तन हुँदैछन् ।”

कलाकारले पाएको भूमिकामार्फत निर्देशक र लेखकको सोचलाई पर्दामा देखाउने भएकाले पनि यो महत्वपूर्ण विषय हो । तर नेपाली चलचित्रमा लेखिएको पात्रको स्वरूप व्यापारकै आधारमा तय हुने गरेको छ । बेलाबखतमा विभिन्न भूमिकाका लागि अडिसन गर्ने गरिन्छ । तर, त्यस्तो प्रक्रियाबाट पर्दासम्म आइपुग्ने कलाकारको सङ्ख्या र पर्दामा हुने महत्व निकै कम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘बोक्सीको घर’ को कथा बोल्ने गीत ‘बुझिन मैले’

काठमाडौँ । केही समययता नेपाली चलचित्र ‘बोक्सीको घर’ मा समावेश गरिएको ‘बुझिन मैले’

नेपाल र कोरिया सम्बन्धको स्वर्णजयन्तीका अवसरमा ‘साराङहेयो’को आयोजना

  काठमाडौँ ।  नेपाल र गणतन्त्र कोरियाबीच कूटनीतिक सम्बन्ध भएको ५०औँ वर्षको स्वर्णजयन्तीका

स्वरुपराज आचार्यको ‘सम्हालेर राखेको छु’

काठमाडौं । सुरेन्द्र दियालीको ‘सम्हालेर राखेको छु’ बोलको गीत सार्वजनिक भएको छ ।

भीम विराग सङ्गीत साहित्य कला प्रतिष्ठानद्वारा नौ जना सम्मानित

  मकवानपुर । भीम विराग सङगीत साहित्य कला प्रतिष्ठानले नौ जनालाई सम्मान गरेको