भीम विराग सङ्गीत साहित्य कला प्रतिष्ठानद्वारा नौ जना सम्मानित



 

मकवानपुर । भीम विराग सङगीत साहित्य कला प्रतिष्ठानले नौ जनालाई सम्मान गरेको छ । हेटौँडा उपमहानगरपालिकासँगको सहकार्यमा प्रतिष्ठानले शनिबार हेटौँडामा साहित्य, सङ्गीत, कला र पत्रकारितातर्फका विभिन्न विधामा सम्मान गरेको हो ।

प्रतिष्ठानले साहित्य पुरस्कारबाट सुनसरीकी कुन्ता शर्मा, सङ्गीत पुरस्कारबाट मकवानपुरका लाल श्रेष्ठ, कला पुरस्कारबाट मकवानपुरकै बीएस राना र पत्रकारितातर्फ ललितपुरका जयदेव भट्टराईलाई पुरस्कृत गरेको हो । प्रतिष्ठानले उहाँहरुलाई जनही  २५ हजार राशिसहित पुरस्कृत गरेको हो ।

यस्तै प्रतिष्ठानले  १५ हजार राशिको तुलसीमाया–शिवकुमारी सृजनशील नारी सम्मानबाट मञ्जु खराललाई,  १५ हजार राशिको शिला नारी पुरस्कार निरु मगरलाई,  २० हजार राशिको रामकृष्ण बानियाँ स्मृति लोक सङ्गीत पुरस्कार पम्फा थापा मगरलाई प्रदान गरेको छ ।

यस्तै १० हजार राशिको मङ्गलादेवी स्मृति स्वास्थ्य सेवा पुरस्कार सीमा मिश्रलाई र  १० हजार राशिको अजित सेन गुप्ता भिन्न क्षमता पुरस्कार बाराकी अञ्जु धिताललाई प्रदान गरिएको छ ।

मिश्र मकवानपुरको विकट राक्सिराङ गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मी हुन् भने धिताल बारा  शिक्षकको रुपमा कार्यरत दृष्टिविहिन हुन् । पुरस्कार वितरण कार्यक्रममा भीम विराग सङ्गीत साहित्य कला प्रतिष्ठानका अध्यक्ष केशवलाल श्रेष्ठको सभा अध्यक्षता तथा हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाको प्रमुख अतित्थता रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘फर्की फर्की’ मा ‘टाइम लुप’को प्रयोग

  काठमाडौँ ।  नेपालमा सामाजिक विधा (सोसल ड्रामा) मा धेरै चलचित्र बनिरहेका छन्

दीपक लिम्बु र वेनिषा पौडेलको ‘रिटिङ रिटिङमा’

काठमाडौं । प्रतिष्ठित गीतकार तथा नेपाल राष्ट्र बैंकका पूर्वडेपुटी गभर्नर तथा हाल नेपाल

‘पुजार सार्की’को ‘जाउँ माया’ मा आर्यन र अञ्जनाको प्रेम प्राप्तीको पीडा

काठमाडौं । यही जेठ १० गते विश्वव्यापी रूपमा एकसाथ रिलिज हुने नेपाली चलचित्र

अन्तर्राष्ट्रिय बजारमा नेपाली चलचित्र

काठमाडौँ । रङ्ग पत्रकारिता हुँदै चलचित्र निर्देशक बनेका नवीन सुब्बा पहिलो चलचित्र ‘खाङ्ग्री’मार्फत