‘घर ज्वाइँ’ मा दया र मिरुनाको जोडी



काठमाडौँ । यो वर्षको पहिलो दिन प्रदर्शनमा भएको चलचित्र ‘जारी’ को सफलतापछि अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरको जोडीलाई अभिनय गराउने क्रम बढेको छ ।

उनीहरुले दुईले ‘नाङ्गो गाउँ’ र ‘रङ्गेली ग्याङस्टर’ पश्चात ‘घर ज्वाईँ’ मा अभिनय गर्ने तय भएको छ । दर्शक माँझ लोकप्रिय रहेकै कारण दुवैलाई कलाकारको रुपमा अनुबन्धित गरिएको निर्माता जनक घर्तीमगरले जानकारी दिए ।

उनले भने, “चलचित्रमा हामीले केही कलाकार अनुबन्धित गरिसकेका छौँ । यसको अहिले लेखनको चरणमा छौँ । आउँदो माघबाट छायाङ्कन गर्ने छौँ ।” उनका अनुसार अनिल मगरले निर्देशन गर्ने चलचित्रमा वुद्धि तामाङ, शिशिर बाङ्ग्देल, पुस्कर गुरुङ, राज थापालगायत अनुबन्धित भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘फर्की फर्की’ मा ‘टाइम लुप’को प्रयोग

  काठमाडौँ ।  नेपालमा सामाजिक विधा (सोसल ड्रामा) मा धेरै चलचित्र बनिरहेका छन्

दीपक लिम्बु र वेनिषा पौडेलको ‘रिटिङ रिटिङमा’

काठमाडौं । प्रतिष्ठित गीतकार तथा नेपाल राष्ट्र बैंकका पूर्वडेपुटी गभर्नर तथा हाल नेपाल

‘पुजार सार्की’को ‘जाउँ माया’ मा आर्यन र अञ्जनाको प्रेम प्राप्तीको पीडा

काठमाडौं । यही जेठ १० गते विश्वव्यापी रूपमा एकसाथ रिलिज हुने नेपाली चलचित्र

अन्तर्राष्ट्रिय बजारमा नेपाली चलचित्र

काठमाडौँ । रङ्ग पत्रकारिता हुँदै चलचित्र निर्देशक बनेका नवीन सुब्बा पहिलो चलचित्र ‘खाङ्ग्री’मार्फत