माघ २७ गतेबाट रिलिज हुन लागेको ‘मनसँग मन’को टिजर सार्वजनिक



काठमाडौं । माघ २७ गतेबाट रिलिज हुन लागेको फिल्म ‘मनसँग मन’को टिजर सार्वजनिक भएको छ । यो फिल्मको टिजरमा मुख्य कलाकारहरु नायक पुष्प खड्का र नायिका वर्षा सिवाकोटीलाई देखाइएको छ ।

टिजरमा वर्षा र पुष्पको प्रेमलाई झल्काउने कोशिश मेकरले गरेका छन् । यो फिल्ममा नायक पल शाह र नायिका पूजा शर्माले एउटा गीतमा नृत्य गरेका छन् । फिल्ममा वर्षा र पुष्पको अलवा वुद्धि तामाङ, रविन्द्र झाको मुख्य भूमिका छ ।

सौरभ इन्टरटेन्मेन्ट र बालाली इन्टरटेन्मेन्टको प्रस्तुतिमा तयार भएको यो फिल्मलाई कैलाश राईले निर्देशन गरेका हुन् । यो फिल्ममा अर्जुन पोखरेल, अगोमा गुरुङ र दीपक शर्माको संगीत छ । फिल्ममा अरुण तामाङ निर्माता छिन् । अर्जुन जीसीको सम्पादन रहेको फिल्ममा सौरभ लामाको छायाँकन, रामजी लामिछाने र कमल राइको कोरियोग्राफी, कैलाश राइको कथा तथा पटकथा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘नमेटिने घाउ’ मा ओलीले गरे अभिनय

काठमाडौं । चलचित्र ‘नमेटिने घाउ’ को छायाँकन शुरु भएको छ । मंगलबार नेकपा

फिल्म ‘एक्टर’को शुभमुहुर्त

काठमाडौं । फिल्म ‘एक्टर’को शुभमुहुर्त गरिएको छ । मंगलबार ललितपुरको भैँसेपाटीस्थित कार्यविनायक मन्दिरमा

‘रावायण’मा पल र पूजाको जोडी

काठमाडौं । सीताको जन्मभूमि जनकपुरबाट ‘रावायण’ फिल्मको सुटिङ सुरु भएको छ । अभिनेता

रचना रिमालको ‘दर्पण छायाँले’

काठमाडौं । गायक बुद्धि अधिकारीको दोस्रो नयाँ गीत ‘दर्पण छायाँले’ सार्वजनिक भएको छ