‘गुञ्जन’को ‘सास चल्छ’



काठमाडौं । चलचित्र ‘गुञ्जन’को रोमान्टिक गीत सार्वजनिक गरिएको छ । आगामी पुस २९ गते बाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रको सार्वजनिक ‘सास चल्छ’ बोलको गीतमा प्रविषा अधिकारी र आरिफ राउफको स्वर रहेको छ।

सन्तोष पोखरेलको शब्द रचना रहेको गीतमा संगीत करण राज कार्कीको रहेको छ। ओएसआर डिजिटलको अफिसियल च्यानल मार्फत गीत भिडियो सार्वजनिक गरिएको छ । सांगीतिक प्रेमकथामा आधारित चलचित्रलाई अष्ट महर्जनले निर्देशन गरेका हुन् ।

द्वन्द्व निर्देशक रहेका महर्जनको यो डेब्यु निर्देशकीय चलचित्र हो । चलचित्रमा सारा श्रीपाइली, कबीर खड्का, प्रितमराज सेन्चुरी, सरोज खनाल,हिउँवाला गौतम,रोहन शाही, निरुता स्याङताङ, कन्चन चालिसे, सुस्मिता बराल, इभा श्रेष्ठ, अमोद भट्ट, आइपी आचार्य, ऋचा शर्मा, अमेश न्यौपाने लगायतका कलाकारको अभिनय छ ।

राजु श्रेष्ठको छायाँकन, बिपिन मल्लको सम्पादन, कबिराज गहतराजको नृत्य र कल्याण सिंह, अर्जुन पोखरेल र करणराज कार्कीको संगीत रहेको छ ।

हिराकृष्ण शाहीको प्रस्तुती र सुनिता शाही निर्माता रहेको चलचित्र ए.एच इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको हो । चलचित्रको वितरण काठमाडौंमा जीजीए ग्रुप र काठमाडौं बाहिर एफडी कम्पनीले गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘नमेटिने घाउ’ मा ओलीले गरे अभिनय

काठमाडौं । चलचित्र ‘नमेटिने घाउ’ को छायाँकन शुरु भएको छ । मंगलबार नेकपा

फिल्म ‘एक्टर’को शुभमुहुर्त

काठमाडौं । फिल्म ‘एक्टर’को शुभमुहुर्त गरिएको छ । मंगलबार ललितपुरको भैँसेपाटीस्थित कार्यविनायक मन्दिरमा

‘रावायण’मा पल र पूजाको जोडी

काठमाडौं । सीताको जन्मभूमि जनकपुरबाट ‘रावायण’ फिल्मको सुटिङ सुरु भएको छ । अभिनेता

रचना रिमालको ‘दर्पण छायाँले’

काठमाडौं । गायक बुद्धि अधिकारीको दोस्रो नयाँ गीत ‘दर्पण छायाँले’ सार्वजनिक भएको छ