यस्तो छ फिल्म ‘रंगी’ को दोस्रो पोस्टर



काठमाडौं । सान्भी इन्टरटेनमेन्ट प्रालिको व्यानरमा निर्माण भएको फिल्म ‘रंगी’ को दोस्रो पोस्टर सार्वजनिक भएको छ । अभिनेता सलोन बस्नेत प्रस्तुतकर्ता रहेको फिल्म आगामी फागुन २ गतेदेखि प्रदर्शन हुँदैछ । फिल्म निर्माण टिमले शुक्रबार नयाँ पोस्टर सार्वजनिक गरेको हो ।

पोस्टरमा कलाकार सलोन बस्नेत, नम्रता श्रेष्ठ र बाल कलाकार आयुषी ढकाललाई स्थान दिइएको छ । पोस्टरमा साइकलमा रहेका सलोनले फुडमाण्डुको ब्यागमा आयुषीलाई बोकेका छन् । सलोन र आयुषी खुशी मुद्रामा छन् । सलोनको अगाडि नायिका नम्रता लजालु भावमा उभिएकी छन् ।

पात्रको पृष्ठभूमिमा वसन्तपुर दरबार स्क्वायरको गल्ली देख्न सकिन्छ । सुरेश न्यौपानेको ‘डेब्यू’ निर्देशन रहेको फिल्ममा सलोन बस्नेत, नम्रता श्रेष्ठ, दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ, र विशाल पहारीको अभिनय छ । ‘मिस वल्र्ड नेपाल २०२०’ विजेता नम्रता श्रेष्ठको यो डेब्यू फिल्म हो ।

प्रस्तुतकर्ता सलोनका अनुसार फिल्मले बाबुछोरीको कथा देखाउनेछ । सक्षम सुवेदी र करिश्मा केसी बस्नेतको निर्माण रहेको फिल्ममा सुमन गजमेरको लेखन, सौरभ लामाको छायांकन, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको संगीत, आनन्द कार्की, आमेश भण्डारी, भीम बिसी, समीक्षा अधिकारी र सुजता केसीको स्वर, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको शब्द, प्रिज्मा श्रेष्ठको मेकअप, रोमन बज्राचार्य, उदय पौडेल र विमल छिनलको सङ प्रोग्रामिङ, आइक्याच स्टुडियोको पब्लिसिटी डिजाइन, बन्दे प्रसादको सम्पादन, राजेन्द्र मोक्तानको कलर, कविराज गहतराज र शिशिर खातीको कोरियोग्राफी तथा केवलमान सिंह बस्नेतको प्रोडक्सन छ । फिल्मलाई एप्पल इन्टरटेनमेन्ट, एफडी र रिच इन्टरटेनमेन्टले वितरण गर्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रङ्गमञ्चले मेरो कलाकारितालाई अनुशासित बनाउँछ : सरोज खनाल

काठमाडौं । अभिनेता सरोज खनाल रङ्गमञ्च र चलचित्रका लागि परिचित नाम हो। उनले

राष्ट्रियसभामा चलचित्र विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । राष्ट्रियसभाको सोमबारको बैठकले ‘चलचित्रसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक,

दुर्गेशको ‘दुश्मन हेरेको हेर्‍यै’ले १० करोड भ्युज पाएपछि प्रधानमन्त्रीको बधाई

काठमाडौँ । गायक तथा मोडल दुर्गेश थापाको गीत ‘दुश्मन हेरेको हेर्‍यै’ युट्युबमा १०

प्रेम विकलाई गण्डकी लोकताराको उपाधि

गण्डकी । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेश समितिद्वारा आयोजित लोकगायन