यस्तो छ ‘डेसान’ को ट्रेलर



काठमाडौं । सामाजिक बिषयमा निर्माण गरिएको फिल्म ‘डेसान’ को ट्रेलर सार्वजनिक गरिएको छ । मंसिर २३ गते प्रदर्शन हुने फिल्मको करिब पौने २ मिनेट लामो ट्रेलरमा नारी संवेदना,पारिवारिक प्रेम,धोका तथा बिखण्ड र असमझदारीको कथा प्रस्तुत गरेको देखिन्छ ।

कमल एक्चै मगर निर्देशित फिल्ममा भोला सापकोटा, नम्रता सापकोटा, निशान चौहान, पुनम थापा, कविता आले, आरुषजंग सारु,मलिका बस्नेत,प्रमीशा सारुमगर लगायतको अभिनय छ ।

फिल्मका सबै प्रमुख कलाकार समेटिएको ट्रेलरले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको छ । कोरोना महामारीको त्रासादी कालमा निकै सकसका साथ छायांकन गरिएको फिल्मले दर्शकलाई नौलो स्वद पस्कने दावी निर्देशक मगरको छ ।

निकै असहज परिस्थितमा छायांकन गरिएको फिल्मप्रति यसका कलाकारहरु पनि आशावादी छन् । अभिनेत्री नम्रता र अभिनेता भोला सापकोटाले ‘डेसान’ हरेक परिवार तथा समाजको कथा भएकाले सबैले हेर्नुपर्ने दावी गर्ने गरेका छन् ।

यसै फिल्मबाट ठूलो पर्दामा प्रस्तुत भएका नवअभिनेता निशान र अभिनेत्री पुनम पनि दर्शकको माया पाउनेमा बिश्वस्त छन् ।

पर्फमिङ आर्ट कृएसनको ब्यानरमा कृशाला मगर कार्यकारी निर्माता रहेको फिल्मको कथा राजु काउचाले लेखेका हुन् भने पटकथा र संवाद निर्देशक मगरकै हो ।

चक्रबहादुर महर्जनले खिचेको फिल्ममा हरि लम्सालको संगीत, राजु थापाको शब्द तथा प्रताप दास र प्रबिशा अधिकारीको स्वर तथा अजय स्याङतेनको कोरियोग्राफी छ । मिलन श्रेष्ठले सम्पादन गरेको फिल्मको बितरण एफडि,जिजिए ग्रुप र रिच इन्टरटेन्मेन्टले गर्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नुरगङ्गा प्रतिभा पुरस्कार राजु परियारलाई

काठमाडौँ । नुरगङ्गा प्रतिभा पुरस्कार गुठीले एक लाख राशिको नुरगङ्गा राष्ट्रिय गायन पुरस्कार

गायनतर्फ शिव परियारलाई छिन्नलता पुरस्कार

  काठमाडौँ ।   छिन्नलता गीत पुरस्कार गुठीले विक्रम संवत् २०८० को छिन्नलता गीत

‘नमेटिने घाउ’ मा ओलीले गरे अभिनय

काठमाडौं । चलचित्र ‘नमेटिने घाउ’ को छायाँकन शुरु भएको छ । मंगलबार नेकपा

फिल्म ‘एक्टर’को शुभमुहुर्त

काठमाडौं । फिल्म ‘एक्टर’को शुभमुहुर्त गरिएको छ । मंगलबार ललितपुरको भैँसेपाटीस्थित कार्यविनायक मन्दिरमा