गायक आशिष सचिन ओएसआर डिजिटलमा एकबर्ष अनुबन्धित



काठमाडौँ । दारी फुल्यो वैँशैमा, एक कान दुई कान मैदान, गलबन्दी पछ्यौरी, ए मुना , लगायतका हिट गीतका गायक आशिष सचिनलाई ओएसआर डिजिटलले अनुबन्धित गरेको छ । ओएसआरले गायक आशिषलाई वार्षिक ३० लाख रुपैयाँ दिने गरी अनुबन्धित गरेको हो ।

सम्झौता अनुसार गायक आशिष सचनिले १ वर्षसम्म ओएसआर डिजिटलको निर्माण र ब्यानरमा बन्ने विज्ञापनका सामाग्री सहित म्यूजिक भिडियोमा काम गर्नुपर्नेछ । १ वर्षको अवधिमा ओएसआरसँग गायक आशिषले ८ वटा गीतसहित वर्षभरी आउने विज्ञापनको काम गर्नुपर्नेछ ।

पछिल्ला दिनमा गायक आशिषले लगातार ओएसआर मार्फत आफ्ना म्यूजिक भिडियो बजारमा ल्याइरहेका छन् । गायन सँगसँगै म्यूजिक भिडियोको अभिनयमा समेत अब्बल मानिएका आशिषले अभिनय गरेको पछिल्लो म्यूजिक भिडियो छमक छमक तेरी पाउजुले चर्चा बटुल्न सफल भएको छ ।

गायक आशिषको दारी फुल्यो वैँशैमा बोलको गीतले करिब ९ करोड ७० लाख (९७ मिलियन) दर्शक पाइसकेको छ ।

जुन गीत नेपालमा सर्वाधिक बढी हेरिने र सुनिने गीतको सूचिको शीर्ष स्थानमा रहेको छ । गायक आशिष पछिल्ला दिनमा बढी माग हुने गायकका रुपमा पनि दह्रिएका छन् । उनको माग देश विदेशका कन्सर्ट तथा महोत्सवहरुमा पनि बढ्दो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अमेरिकामा साङ्गीतिक कार्यक्रम गरिने

काठमाडौं । संयुक्तराज्य अमेरिकाको विभिन्न सहरमा नेपाली कला र संस्कृति प्रवर्द्धन गर्ने उद्देश्यले

चलचित्र भवनमा नेपाली चलचित्रलाई प्राथमिकता

काठमाडौं। पुस महिनामा नेपाली निर्माता तथा निर्देशकले चलचित्र प्रदर्शनलाई प्राथमिकतामा राख्ने गरेका छन्।

यस्तो छ फिल्म ‘रंगी’ को दोस्रो पोस्टर

काठमाडौं । सान्भी इन्टरटेनमेन्ट प्रालिको व्यानरमा निर्माण भएको फिल्म ‘रंगी’ को दोस्रो पोस्टर

‘उकाली ओराली गर्दै’ काठमाडौँमा सोनु निगम

  काठमाडौँ ।  नेपाली गीतसङ्गीत प्रेमी माँझ परिचित नाम हो, सोनु निगम ।