कृष्ण विकको ‘रानी माया’



काठमाडौं । ‘उता हजुर मुसुक्कै, यता यो ज्यान भुसुक्कै’ गीत मार्फत चर्चामा आएका गायक कृष्ण विकको दोस्रो गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘रानी माया’ बोलको गीतलाई उनले गायिका समीक्षा अधिकारीसँग मिलेर गाएका छन् ।

श्रीकृष्ण बम मल्लको शब्द रहेको गीतमा संगीत र एरेन्ज स्वयम् कृष्ण विकको रहेको छ । काठमाडौंमा सोमबार एक कार्यक्रमको आयोजना गरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठको प्रमुख आतिथ्यता र अभिनेता राजेश हमालको विशिष्ट आतिथ्यतामा गीतको भिडियो सार्वजनिक गरिएको हो ।

कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले युवापुस्ताले नेपाली कला, संस्कृतिको उत्थानमा महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताए । गीतमा फिचर्ड मोडल अनु आचार्यले भिडियोमा गरिएको मेहनत पर्दामा देख्दा भुलेको बताइन् ।

गीतमा स्वयम् गायक कृष्णले अनु आचार्यसँग अभिनय गरेका छन् । गीतमा सन्तु तामाङको मेकअप, सरस्वती श्रेष्ठको हेयर, बोनिका कार्की एण्ड रित खड्काको कस्ट्युम डिजाइन, मनोज श्रेष्ठको भिएफएक्स, रेनिश फागोको रङ्ग संयोजन, कविराज गहतराजको नृत्य निर्देशन, संजय लामाको छायांकन, बनिश शाहको सम्पादन र जीबी आग्रीको निर्देशन रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यश कुमारको नयाँ गीत ‘आँखा बन्द गरेर’

काठमाडौं । गायक यश कुमारले आफ्नो नयाँ गीत ‘आँखा बन्द गरेर’ बजारमा ल्याएका

संविधान दिवसका अवसरमा दरबारमार्गमा ‘नेसनल डे कन्सर्ट’

काठमाडौँ । संविधान दिवसका अवसरमा आज काठमाडौँको दरबारमार्गमा नागरिकस्तरबाट ‘नेसनल डे कन्सर्ट’ आयोजना

‘बेहुली फ्रम मेघौली’को ट्रेलर सार्वजनिक

काठमाडौं । नेपाली चलचित्र ‘बेहुली फ्रम मेघौली’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार

हेमन्त शर्माले ल्याए दसैं गीत

काठमाडौं । गायक हेमन्त शर्माले दसैं गीत ‘आउँथ्यो दसैं’ ल्याएका छन् । गीतमा