‘२.० छड्के’ प्रदर्शनको मिति घोषणा



काठमाडौं । अभिनेता अनमोल केसीको मुख्य भूमिका रहेको फिल्म ‘२.० छड्के’को प्रदर्शन मिति घोषणा गरिएको छ । निर्माण टिमले मंगलबार पोस्टर सार्वजनिक गर्दै आगामी फागुन १९ गतेलाई प्रदर्शन मिति घोषणा गरेको हो ।

पोस्टर सार्वजनिक भएसँगै फिल्म प्रति दर्शकमाझ कौतुहल्ता बढ्ने निश्चित छ । सार्वजनिक ग्याङस्टर लूक्समा अनमोलको भयानक रुप देख्न सकिन्छ । निगम श्रेष्ठको लेखन तथा निर्देशनमा निर्माण भएकको फिल्ममा अनमोलका अलवा रोविन तामाङ, कमलमणि नेपाल, सिर्जना सुब्बा मुख्य भूमिकामा छन् ।

६० दिनको छायाँकन तालिकामा फिल्मको चितवन र मुस्ताङमा छायाँकन गरिएको थियो । छड्के २ एउटा रिभेन्ज ग्याङ स्टोरी फिल्म हो । यो फिल्म पहिलो भागसँग कुनैपनि सम्बन्ध नरहेको निर्देशक निगम श्रेष्ठले बताए ।

काभ्रे फिल्म्सको व्यानरमा निर्माण भएको फिल्मसँग मेधा प्रोडक्सन र निर्भाना फिल्म स्कुलले सहकार्य गरेका छन् । निर्मातामा प्रशान्त गिरी र देवकुमार श्रेष्ठ रहेका फिल्मको कार्यकारी निर्मातामा निर्भाना फिल्म स्कुल र लक्ष्मण काफ्ले छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यश कुमारको नयाँ गीत ‘आँखा बन्द गरेर’

काठमाडौं । गायक यश कुमारले आफ्नो नयाँ गीत ‘आँखा बन्द गरेर’ बजारमा ल्याएका

संविधान दिवसका अवसरमा दरबारमार्गमा ‘नेसनल डे कन्सर्ट’

काठमाडौँ । संविधान दिवसका अवसरमा आज काठमाडौँको दरबारमार्गमा नागरिकस्तरबाट ‘नेसनल डे कन्सर्ट’ आयोजना

‘बेहुली फ्रम मेघौली’को ट्रेलर सार्वजनिक

काठमाडौं । नेपाली चलचित्र ‘बेहुली फ्रम मेघौली’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार

हेमन्त शर्माले ल्याए दसैं गीत

काठमाडौं । गायक हेमन्त शर्माले दसैं गीत ‘आउँथ्यो दसैं’ ल्याएका छन् । गीतमा