चलचित्रमा नयाँपुस्ताको आकर्षण



काठमाडौँ । डेढ दशक अघि मात्र नेपाली चलचित्रमा अभिनेता राजेश हमाल, निखिल उप्रेती, विराज भट्टलगायत हावी थिए । उनीहरुलाई पोस्टरमा देख्दा मात्र दर्शक हलसम्म पुग्थे । यद्यपि कथ्य शैली, मेकिङमा परिवर्तन आएसँगै नयाँपुस्ताले स्थान पाउँदै गएको छ ।

उनीहरुको उपस्थितिले मात्र पनि निर्माताले मुनाफा आर्जन गर्न थालेपछि चलचित्रमा नयाँपुस्ताको उपस्थिति बढिरहेको छ । अनमोल केसी, प्रदीप खड्का, धीरज मगरलगायत सर्वाधिक खोजिने अभिनेता बनेसँगै नयाँपुस्ताले चलचित्रमा काम गर्ने इच्छा देखाएको पाइन्छ ।

व्यावसायिक रेकर्ड राख्न सफल फिल्म ‘कबड्डी ४ः द फाइनल म्याच’ मार्फत गौमाया गुरुङले डेब्यु गरिन् । बेलायतमा बसोबास गर्ने अभिनेत्री गुरुङले कलाकारितामा आफ्नो भविष्य देखेर नै नेपाल आएर अभिनय गरेकी हुन् ।

उनले अभिनय गरेको ‘गोर्खाः विनिथ द ब्रेभरी’ समेत प्रदर्शन भइसकेको छ । युट्युब र सामाजिक सञ्जालमा ट्राभल ब्लग बनाउने गुरुङ नोटिस भएपछि डेब्युको अवसर पाएकी छन् ।

उनी भन्छिन्, “नेपाली भाषा र संस्कृतिमा काम गर्दा आनन्द आउँछ । म नेपाली चलचित्रमै आफ्नो भविष्य देख्छु । अवसर आएसम्म सदुपयोग गर्नेछु ।”

भारतमा मोडलिङ गरिरहेकी श्रद्धा क्षेत्रीले ‘कृष्ण लीला’ मार्फत डेब्यु गरिन् । यस अगाडि ‘हृदय भरी’ नामक चलचित्रमा काम गरे पनि निर्माण पूरा नभएपछि उनले दोस्रो अवसर पाएकी थिइन् । क्षेत्री भन्छिन्, “नेपाली चलचित्रमा काम गर्ने रहर थियो । यहाँ दर्शकमार्फत पाइने माया भिन्नै छ ।”

रङ्गमञ्चमा काम गरिरहेकी रेणु योगीले ‘प्रकाश’ मार्फत डेब्यु गरिन् । जुम्ली युवतीको भूमिकामा दर्शकले उनलाई स्वीकारे । “रङ्गमञ्चमा काम गरेपछि अडिसन दिएर चलचित्रमा अभिनय गरेकी हुँ । ठुलोपर्दाले मलाई थप अनुभव दिएको छ”, उनले भनिन् ।

यसैगरी ‘सम्हालिन्छ कहिले मन’ मार्फत सोनाम तोप्देन गायकबाट अभिनेता बने । कभर गीतमार्फत गायक बने । तोप्देनले डेब्यु चलचित्रबाटै तारिफ पाए । उनी चलचित्र आफ्नो लागि नौलो अनुभव रहेको उल्लेख गर्दै गायन र अभिनयसँगै अगाडि बढाउने योजनामा छन् ।

‘प्रेम गीत ३’ मार्फत अभिनेत्री क्रिस्टिना गुरुङले डेब्यु गरिन् । उनी अडिसनमार्फत छानिनु भए । दसैँमा प्रदर्शन हुने चलचित्र ‘बाबरी’ बाट प्रसिद्ध कलाकार तृप्ति नाडकरका छोरा धीरजले डेब्यु गर्दैछन् । भारतमै रहेर केही टेलिशृङ्खलामा समेत काम गरिसकेका धीरज नेपाली दर्शकमार्फत पाइरहेको मायाले उत्साहित छन् ।

“मैले नेपालमा पाएको माया अद्भुत छ । मेरो आमाझैँ मलाई पनि स्वीकार्नु हुन्छ भन्नेमा विश्वस्त छु । मैले इमान्दार भएर काम गरेको छु”, उनले भने । ‘दुई नम्बरी’ चलचित्र मार्फत भुटानी अभिनेत्री उगेन छोदेनले डेब्यु गर्दैछिने । “नेपाली कलाकारको सहयोगले डेब्यु राम्रो भयो । म आउँदो दिनमा पनि चलचित्रमा अभिनय गर्नेछु”, उनले भनिन् ।

तिहारमा प्रदर्शन हुन लागेको ‘महापुरुष’ चलचित्रमार्फत अरुण क्षेत्री र अञ्जना बराइली डेब्यु गर्दैछन् । दुवै जनाले अडिसन दिएर छानिएका छन् । अरुणले ‘आइएम ट्वान्टी वान’ चलचित्रमा अभिनय गरिकेका छन् भने अञ्जना मोडलिङ गरिरहेकी छन् ।

‘परदेशी २’ बाट गायक प्रकाश सपुत, ‘लन्डन टु पेरिस’बाट गरिमा शर्मा र निश्चल खड्का, ‘वर एण्ड वधु’ बाट विवेक कर्माचार्यलगायतले चलचित्रमा डेब्यु गर्दै छन् । मेकिङ शैलीमा परिवर्तन आएसँगै हलमा नयाँपुस्ता दर्शक बनेर बढेझैँ चलचित्रमा पनि आकर्षण देखिन्छ । उनीहरु सम्बन्धित विधाको अध्ययन गरेर नै काम गरिरहेका छन् । उनीहरुको उपस्थिति सकारात्मक रहेको निर्देशक प्रदीप भट्टराई बताउँछन् ।

उनी भन्छन्, “नयाँपुस्ताले चलचित्रको विभिन्न विधामा रुचि देखाउनु र अध्यन गरेर आउनुले चलचित्रको भविष्य उज्वल रहेको सङ्केत गर्छ । उहाँहरुको सक्रियतामा अझै परिवर्तन हुनेमा विश्वस्त छु । सफल र असफल जे हुँदा पनि निरन्तरता भने दिनुपर्छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सुम्निमाको ‘तारा’ सार्वजनिक

काठमाडौँ । गायिका सुम्निमाको ‘तारा’ गीत सार्वजनिक भएको छ । के टमोटको शब्द

‘ज्वाइँ साब’ मा विल्सन विक्रम राई

काठमाडौं । नायक विल्सन विक्रम राई आफैं फिल्म निर्देशन गर्ने तयारीमा छन् ।

कृष्णदेव रुपाखेतीको निर्देशनमा ‘तिम्रो मेरो दिलको बास’

काठमाडौँ । गायक प्रमोद खरेल र गायिका अन्जु पन्तको स्वरमा रहेको ‘तिम्रो मेरो

स्मिता दाहालले ल्याइन् ‘लुकाउने ठाउँ छैन’

काठमाडौँ । गायिका स्मिता दाहाल र भारतीय गायक दिव्य कुमारको स्वरमा रहेको नयाँ