चलचित्र ‘सायरा’को औपचारिक घोषणा



काठमाडौं । नेपाली चलचित्र ‘सायरा’को औपचारिकरूपमा घोषणा गरिएको छ । काठमाडौँमा पत्रकार सम्मेलन गरी चलचित्र पक्षले घोषणा गरेको हो । डिविआर मिडिया एन्ड प्रालिको प्रस्तुतिमा बन्न लागेको चलचित्रमा अभिनेता आर्यन सिग्देल, कविता नेपाली र भारतीय अभिनेत्री सुफिया सिद्धिकीको मुख्य अभिनय रहने छ ।

प्रेमकथामा आधारित यस चलचित्रको लेखन र प्रस्तुति रघु परियारको रहेको छ । निर्माता पुष्कर झा रहने यस चलचित्र नेपाली र हिन्दी भाषामा प्रदर्शन गरिने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । “नेपाली भाषामा चलचित्र निर्माण हुन्छ र हिन्दीमा डब गरेर भारतमा पनि प्रदर्शन गर्छाैं”, निर्माता झाले भने ।

भारतमा पनि चलचित्रको पत्रकार सम्मेलन गरिनेछ । दसैँपछि छायाङ्कन गरिने यस चलचित्रको ९० प्रतिशत अष्ट्रेलियामा र १० प्रतिशत नेपालमा छायाङ्कन हुने चलचित्र पक्षले जानकारी दिएको छ ।

कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको पनि उपस्थिति रहेको थियो । अध्यक्ष केसीले विश्व बजारमा नेपाली चलचित्रको विकास हुनुपर्ने र सायरा चलचित्रले पनि दर्शकको मन जित्न सक्ने आशा व्यक्त गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यश कुमारको नयाँ गीत ‘आँखा बन्द गरेर’

काठमाडौं । गायक यश कुमारले आफ्नो नयाँ गीत ‘आँखा बन्द गरेर’ बजारमा ल्याएका

संविधान दिवसका अवसरमा दरबारमार्गमा ‘नेसनल डे कन्सर्ट’

काठमाडौँ । संविधान दिवसका अवसरमा आज काठमाडौँको दरबारमार्गमा नागरिकस्तरबाट ‘नेसनल डे कन्सर्ट’ आयोजना

‘बेहुली फ्रम मेघौली’को ट्रेलर सार्वजनिक

काठमाडौं । नेपाली चलचित्र ‘बेहुली फ्रम मेघौली’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार

हेमन्त शर्माले ल्याए दसैं गीत

काठमाडौं । गायक हेमन्त शर्माले दसैं गीत ‘आउँथ्यो दसैं’ ल्याएका छन् । गीतमा