सोमबार देशभरका हल बन्द गर्ने चलचित्र संघको निर्णय



काठमाडौं । नेपाल चलचित्र संघले सोमबार देशभरका सबै हल बन्द गर्ने निर्णय गरेको छ। बिहीबार बसेको संघको बैठकले सोमबर सबै हल बन्द गर्ने निर्णय गरेको हो ।

नेपाल चलचित्र निर्माता संघले केही दिनअगाडि शुक्रबार मात्र फिल्म प्रदर्शन गर्न पाउने निर्णय गरेपछि त्यसैको विरोधस्वरुप चलचित्र संघले सोमाबर हल बन्द गर्ने निर्णय गरेको महासचिव नरेन्द्र महर्जनले बताए ।

चलचित्र संघले बिहीबार विज्ञप्ति जारी गरी फिल्म सेन्सर गर्दा अनावश्यक दुःख दिएको भन्दै अग्रिम बुकिङ नखोलिएको पनि जनाएको छ।

विज्ञप्तिमा भनिएको छ,‘कोरोनाबाट आक्रान्त नेपाली चलचित्रलाई सरकारले संरक्षण गर्नुको साटो झन धरासायी बनाउने उद्देश्यले चलचित्र आयातमा बाधा पुरयाइएको छ । स्वतन्त्र व्यवसायमाथि नियन्त्रण गर्न खोजिएको छ। चलचित्र जाँच पास गर्दा आनावश्यक दुःख दिने कार्य भएकाले सो विरोध स्वरुप शोको अग्रीम बुकिङ नखोलेका हौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यश कुमारको नयाँ गीत ‘आँखा बन्द गरेर’

काठमाडौं । गायक यश कुमारले आफ्नो नयाँ गीत ‘आँखा बन्द गरेर’ बजारमा ल्याएका

संविधान दिवसका अवसरमा दरबारमार्गमा ‘नेसनल डे कन्सर्ट’

काठमाडौँ । संविधान दिवसका अवसरमा आज काठमाडौँको दरबारमार्गमा नागरिकस्तरबाट ‘नेसनल डे कन्सर्ट’ आयोजना

‘बेहुली फ्रम मेघौली’को ट्रेलर सार्वजनिक

काठमाडौं । नेपाली चलचित्र ‘बेहुली फ्रम मेघौली’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार

हेमन्त शर्माले ल्याए दसैं गीत

काठमाडौं । गायक हेमन्त शर्माले दसैं गीत ‘आउँथ्यो दसैं’ ल्याएका छन् । गीतमा