नेपाल भाषाको सिनेमा ‘लाखे आजु’को फर्स्टलुक पोस्टर सार्वजनिक



काठमाडौं । नेपाल भाषाको सिनेमा लाखे आजुको फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । शुक्रबार परेको इन्द्रजात्राको अवसर पारेर सिनेमाको पोस्टर सार्वजनिक गरिएको हो ।

सार्वजनिक पोस्टरमा लाखे र मुख्य कलाकार सोहित मानन्धर र आशिष्मा नकर्मी प्रधानलाई स्थान दिइएको छ । बिके फिल्मको व्यानरमा निर्माण भएको सिनेमालाई आर्यम नकर्मीले निर्देशन गरेका हुन् ।

गोपाल काजी कायस्थ, प्रदीप कुमार उदय, नरेन्द्र महर्जन, आशिष्मा नकर्मी प्रधान र दीपक श्रेष्ठ लाखे आजुको निर्माता हुन् । सिनेमाको चाँडै प्रदर्शन मिति घोषणा गरिने निर्माण टिमले जानकारी दिएको छ ।

नेपाल भाषाको पौराणिक कथा उठान गरेको सिनेमामा मदनदास श्रेष्ठ, सविन शाक्य, नगीना जोशी, गणेश राम लाछी, राजेन्द्रमान शाक्य, अन्नपुर्णेश्वरी श्रेष्ठलगायतका कलाकारकोपनि अभिनय रहेको छ ।

सिनेमामा बरिष्ठ हास्य कलाकार तथा अभिनेता मदनकृष्ण श्रेष्ठले विशेष भुमिकामा अभिनय गरेका छन् । लाखे आजुमा सुशन प्रजापति र दिपेन बस्न्यातको छायांकन, मनराज नकर्मीका संगीत, भुवन श्रेष्ठको डान्स कोरियोग्राफी, दुर्गालाल श्रेष्ठ, भिम बहादुर नकर्मी र निर्देशक आर्यम नकर्मीको गीत रचना, दिपेन बस्न्यात र आर्यम नकर्मीको सम्पादन, समिर मियाँको भिएफएक्स र सुनिल श्रेष्ठको कलर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यश कुमारको नयाँ गीत ‘आँखा बन्द गरेर’

काठमाडौं । गायक यश कुमारले आफ्नो नयाँ गीत ‘आँखा बन्द गरेर’ बजारमा ल्याएका

संविधान दिवसका अवसरमा दरबारमार्गमा ‘नेसनल डे कन्सर्ट’

काठमाडौँ । संविधान दिवसका अवसरमा आज काठमाडौँको दरबारमार्गमा नागरिकस्तरबाट ‘नेसनल डे कन्सर्ट’ आयोजना

‘बेहुली फ्रम मेघौली’को ट्रेलर सार्वजनिक

काठमाडौं । नेपाली चलचित्र ‘बेहुली फ्रम मेघौली’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार

हेमन्त शर्माले ल्याए दसैं गीत

काठमाडौं । गायक हेमन्त शर्माले दसैं गीत ‘आउँथ्यो दसैं’ ल्याएका छन् । गीतमा