उद्धव पौडेलद्वारा निर्मित फिल्म ‘माइकल अधिकारी’ को ट्रेलर सार्वजनिक



काठमाडौं । गोपीपिकृष्ण प्रोडक्सनका लागि उद्धव पौडेलद्वारा निर्मित नयाँ नेपाली फिल्म ‘माइकल अधिकारी’ को ट्रेलर सार्वजनिक भएको छ । बुधबार गोपिकृष्ण सिनेमा हलमा आयोजित एक समारोहमा फिल्मको सवा तीन मिनेट लामो ट्रेलर सार्वजनिक गरिएको हो । ओएसआर डिजिटलको यूट्युब च्यानलबाट उक्त ट्रेलर सार्वजनिक भैसकेको छ ।

फिल्मको ट्रेलरमा मुख्य पात्र सौगात मल्ल तथा सृष्टि श्रेष्ठ छाएका छन् । कमेडी शैलीमार्फत हुने ट्रेलर फिल्मको कथा झैं अघि बढेर ट्राजेडीमा टुंगिएको छ । फिल्ममा दम्पत्तिको रुपमा प्रस्तुत भएका सौगात र सृष्टिले पैसाका लागि भाडाको कोख बेच्ने निर्णय गरेसँगै कथामा ट्वीस्ट आएको ट्रेलरमा देखाइएको छ ।

भाडाको कोखबाट सन्तान जन्मिएपछि कसरी सृष्टिको मन परिवर्तन हुन्छ र त्यसपछि उनीहरुको जीवनमा के–कस्ता संकट आइलाग्छन् भन्ने विषयलाई पनि टे«लरमा समेटिएको छ । यही भदौ ३ गते अर्थात् कृष्णजन्माष्टमीको दिनदेखि प्रदर्शन प्रारम्भ हुने यो फिल्मलाई रन्जीत रौनियारले निर्देशन गरेका हुन् । फिल्मको कथा पनि उनैले लेखेका हुन् ।

फिल्ममा सौगात र सृष्टिका अशान्त शर्मा, लूनिभा तुलाधर, एनी कुँवर, हेमन्त बुढाथोकी, विद्या कार्की, जेमिमा टम्स, दिलिप बोहोरा, केन्द्र भट्टराईले अभिनय गरेका छन् । निरक पौडेल निर्माता रहेको फिल्ममा आर्या पौडेल तथा केभिन परियारले बाल कलाकारको रुपमा अभिनय गरेका छन् । शैलेश कँडेल क्षेत्रीको पटकथा तथा संवाद रहेको यो फिल्मलाई मित्र डि गुरुङले सम्पादन गरेका हुन् ।

कमल राई र कविराज गहतराज कोरियोग्राफर रहेको छ फिल्ममा शम्भूजीत बासकोटा तथा रेवन सिंहको संगीत शैलेन्द्र कँडेल क्षेत्री दयाराम पाण्डेद्वारा शब्द राजु विक्रम शाह छायांका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यश कुमारको नयाँ गीत ‘आँखा बन्द गरेर’

काठमाडौं । गायक यश कुमारले आफ्नो नयाँ गीत ‘आँखा बन्द गरेर’ बजारमा ल्याएका

संविधान दिवसका अवसरमा दरबारमार्गमा ‘नेसनल डे कन्सर्ट’

काठमाडौँ । संविधान दिवसका अवसरमा आज काठमाडौँको दरबारमार्गमा नागरिकस्तरबाट ‘नेसनल डे कन्सर्ट’ आयोजना

‘बेहुली फ्रम मेघौली’को ट्रेलर सार्वजनिक

काठमाडौं । नेपाली चलचित्र ‘बेहुली फ्रम मेघौली’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार

हेमन्त शर्माले ल्याए दसैं गीत

काठमाडौं । गायक हेमन्त शर्माले दसैं गीत ‘आउँथ्यो दसैं’ ल्याएका छन् । गीतमा