नेपालअघि ‘बद्री बहादुर’ अष्ट्रेलियामा प्रदर्शन हुने



काठमाडौं । निर्देशक शोभित बस्नेत निर्देशित सिनेमा बद्री बहादुर नेपालअघि अष्ट्रेलियामा प्रदर्शन गरिने भएको छ । सिनेमाको आगामी जुलाई ३० तारिखमा सिड्नी. लगायत चार शहरमा रिलिज गर्न लागिएको हो । सिनेमा रिलिजकको लागि शोभित केहीदिन अघि अष्ट्रेलिया उडेका थिए । सिनेमाको सिड्नी रिलिजको चाँजोपाँजो मेगा इभेन्ट र रुक्सल प्रजापतिले मिलाएका हुन् ।

सिनेमालाई संचारकमर्मी.रवी अधिकारीले.कार्यकारी निर्माता रहेका छन् । एबि पिक्चर्स फार्म र सलोन सलिना ब्यानरमा निर्माण भएको सिनेमाका प्रस्तुतकर्ता विजय गोपाल दली हुन् भने निर्माता मिथुन भोटे रहेका छन् ।

सिनेमामा अभिनेत्री पूजा शर्मा र अभिनेता सलोन बस्नेत विशेष भूमिकामा रहेका छन् । ‘बद्री बहादुरमा जय किसन बस्नेत छुल्ठिम गुरुङ,राजिबजंग बस्नेत, धिरेन शाक्यको अभिनय रहेको छ । यही सिनेमाबाट एलिना गुरुङ नेपाली सिनेमामा डेव्यु गरेकी थिइन् ।

सिनेमामा टंक बुढाथोकी र उजन नेम्वाङको संगीत, रामकाजी घिमिरे लेखन, शिव बिकको नृत्य निर्देशन, शंकर महर्जनको द्वन्द्व रहने छ । ‘बद्री बहादुर’मा विनोद सापकोटाको छायांकन तथा समिर मिया सम्पादन रहने छ । मुख्य सहायक निर्देशक रामजी राउत रहेका छन् । कमेडी जनराको सिनेमा ‘बद्री बहादुर’को छायाँकन काठमाडौं, लमजुङ्ग, धरान र संखुवासभाका विभिन्न ठाउँमा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चलचित्र छायाङ्कन स्टुडियो  निर्माण आरम्भले चलचित्रकर्मी उत्साहित

काठमाडौँ । ‘सिनेपा’ नामक चलचित्र छायाङ्कन स्टुडियो निर्माण सुरु भएपछि चलचित्रकर्मीमा उत्साह थपिएको

प्रधानमन्त्रीबाट काभ्रेको बनेपामा अत्याधुनिक चलचित्र छायाङ्कन स्टुडियो निर्माणको घोषणा

  काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले काभ्रेको बनेपा नगरपालिका–१० मा निर्माण हुने

दक्षिण कोरियाको चलचित्र महोत्सवमा नेपाली कलाकार सम्मानित

काठमाडौँ । दक्षिण कोरियामा आयोजित २६औँ जेओन्जु अन्तरराष्ट्रिय चलचित्र महोत्सवको समापन कार्यक्रममा नेपाली

याङ्वरकका २३ युवालाई केलाङ नृत्य प्रशिक्षण

पाँचथर । पाँचथरको याङ्वरक गाउँपालिकाले २३ जना युवायुवतीलाई केलाङ (च्याब्रुङ) नृत्य प्रशिक्षण दिइएको