सिन्धुपाल्चोककी क्रिन्जीला बनिन् जुनियर मिस नेपाल २०२२



काठमाडौं । यसवर्षको जुुनियर मिस नेपाल २०२२ को सिन्धुपाल्चोककी क्रिन्जीला श्रेष्ठले पहिरिएकी छन् । फाईनल प्रवेश गरेका २० प्रतिस्पर्धीलाई उछिन्दै १२ वर्षीया क्रिन्जीला जुनियर मिस नेपाल बनेकी हुन् ।

जुनियर मिस नेपालको ताजसंगै उनले ३ वटा टाइटल अवार्ड पनि जितेकी छन् । सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ५ की श्रेष्ठले हालै सम्पन्न जुनियर मिस एण्ड मिस्टर नेपाल इन्टरनेशनल २०२२ को ग्राण्ड फिनालेमा मोष्ट कन्फिडेन्ट अवार्ड, फेसबुक च्वाइस विनर र पव्लिक च्वाइस विनर समेत जितेकी हुन् ।

चौतारा भिन्तुनाचोक निवासी लोककुमार श्रेष्ठ र रमिला श्रेष्ठकी १२ वर्षिय सुपुत्री क्रिन्जिला कक्षा ७ मा अध्ययनरत छिन् । जुनियर मिस नेपाल इन्टरनेशनल २०२२ को उपाधि भने यसपटक सुरबी प्रजापति बनिन् । रिबन इन्टरटेन्टमेन्ट प्राइभेट लिमिटेडले आयोजना गरेको जुनियर मिष्टर एण्ड मिस नेपाल इन्टरनेशनल २०२२ मा १४ वर्षमुनीका २० बालिकाको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘अञ्जिला’ आगामी माघ ११ मा रिलिज हुने

काठमाडौं । महिला राष्ट्रिय फुटबल टिमकी नम्बर एक गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको जीवनबाट

रंगमञ्चमा उदाएर फेरि रङ्गमञ्चमा फर्किन नसकेका रङ्गकर्मी

काठमाडौं । आज ६३औँ विश्व रङ्गमञ्च दिवस हो । रङ्गकर्मीले विभिन्न कार्यक्रम गरेर

आरजुलाई मिस ई–कलेजको ताज

सिजन मिडिया प्रालिले मङ्गलबार काठमाडौँमा आयोजना गरेको मिस ई–कलेज २०२४ का ताज आरजु

पहिलो एनिमेटेड फिल्म ‘सलीना’ को ट्रेलर सार्वजनिक

काठमाडौं । नेपालको पहिलो एनिमेटेड फिल्म ‘सलीना’ को ट्रेलर सार्वजनिक गरिएको छ ।