भूमिका राईको ’मात्तिएको मस्त मौसम’



काठमाडौं । भूमिका राईको प्रस्तुतिमा ’मात्तिएको मस्त मौसम’ सार्वजनिक भएको छ। गीतमा एसपी कोइरालाको शब्द, दीप घतानीको संगीत रहेको छ भने यसलाई सुमन केसी र रचना रिमालले गाएका छिन् ।

रोमान्टिक प्रेमभाव बोल्ने गीतको भिडियोलाई निकेश खड्काले निर्देशन गरेका छन् । गीतको भिडियोमा जोर्डन राजभण्डारी र स्मारिका ढकाल फिचर्ड छन् । गीतको शब्दलाई यी दुइको प्रेमभावमा व्यक्त गर्दै भिडियो तयार गरेको निर्देशक खड्काले बताए । ’एउटा प्रेमिल जोडीको भवन र प्रेमलाई गीत अनुसार नै भिडियोमा व्यक्त गरिएको छ’ निर्देशक खड्काले भने ।

उनले त्यही अनुसारको रोमान्टिक भाव दिने लोकेशन समेत प्रयोग गरेका छन् । गीतमा जोर्डन र स्मारिका बीचमा रहेको प्रेमलाई व्यक्त गरेको पाइन्छ । गीतलाई मिक्सिङ्ग र मास्टरीङ दीपले नै गरेका हुन् भने एरेञ्जर महाराज थापा हुन् । गीतको भिडियोमा काव्या थापाको मेकअप , कुशुम द बुटिकको ड्रेस , बुद्ध थापाको छायांकन र प्रकाश धमलाको सम्पादन रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
२०८१ मा ६२ नेपाली चलचित्र प्रदर्शन, दर्शकको उल्लेखनीय साथ

काठमाडौँ । नेपाली चलचित्र क्षेत्रका लागि वर्ष–२०८१, समग्रमा सुखद रह्यो । यो वर्ष

एउटै अभिनेताको दुई चलचित्र एकसाथ प्रदर्शनमा

काठमाडौँ । केही समययता एकै अभिनेताको दुई चलचित्र एकसाथ प्रदर्शन हुने क्रम बढ्न

‘जार’ प्रदर्शनको मिति तय

काठमाडौँ । साहित्यकार इन्द्रबहादुर राईको कथामा आधारित रहेर निर्माण गरिएको चलचित्र ‘जार’ को

जसले गरे वर्ष २०८१ मा १० करोड भन्दाबढीको व्यापार

काठमाडौं । नेपाली चलचित्र क्षेत्रका लागि वर्ष २०८१ समग्रमा सुखद् रह्यो। यस वर्ष