केकी अधिकारीको ‘ए दिल तँ बोल बोल’



काठमाडौं राजबहादुर साने निर्देशित सिनेमा ’सिल्ली फो’को गीत सार्वजनिक गरिएको छ । ’ए दिल तँ बोल बोल’ डान्सिङ नम्बरमा लोक गायक पुरुषोत्तम न्यौपानेको संगीत तथा दिनेश सुवेदीको शब्द रचना रहेको गीतमा रचना रिमाल र संगीतकार न्यौपानेको स्वर छ । सार्वजनिक गीतको भिडियोमा अभिनेत्री केकी अधिकारी धिरेन शाक्य,.रवीन्द्र झा, राजाराम पौडेल, दिनेश रेग्मीलाई फिचर्ड गरिएको छ ।

सिनेमा आगामी असार ३१ गतेबाट नेपालभरका सिनेमा घरमा रिलिज हुँदैछ । सिनेमामा रवीन्द्र झा, राजाराम पौडेल, दिनेश रेग्मी, भुगोल कार्की, रमेश बजगाईं, अनिता लामिछाने, दीपक थापा, पुर्णचन्द्र पोखरेल (मामाजी), अनिता श्रेष्ठ, सरस्वती रम्जाली मगर, रेजिना थापा, राज गौतम (केशव), अम्बर बहादुर विष्ट(सागर), सौजन बोहोरा जयमन बिश्वकर्माको अभिनय रहेको छ ।मनोज डिके निर्माता रहेको सिनेमामा विशाल श्रेष्ठ सह–निर्माता छन् ।

सिनेमामा दिव्य सुवेदी, वीरेन्द्र परियार, नरेन्द्र आलेको, छायाँकन, देव महर्जनको द्वन्द्व, शिव विकको कोरियोग्राफी, पुरुषोत्तम न्यौपानेको संगीत, तारा थापा ‘किम्भे’को सम्पादन, अनन्त घिमिरेको कलर, मदन बास्तोलाको भीएफएक्स, साहिल खानको ट्रेलर वितरणको जिम्मा श्रीराम बालाजी फिल्मसले लिएको सिनेमाको डिजिटल राइट्स साइराम पिक्चर्सले किनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
श्रमिकको कथामा आधारित चलचित्र ‘लेबर’ निर्माण हुने

काठमाडौँ । एकसय ३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर चलचित्र ‘लेबर’ बन्ने

बेलायतमा नेपाली कन्सर्ट हुँदै

काठमाडौँ । मानवसेवा आश्रम सहयोगार्थ लोकप्रिय गायिका तथा समाजसेवी आनी छोइङ डोल्माको लाइभ

‘पुजार सार्की’ को दोस्रो गीत ‘रिमै’

काठमाडौं । दिनेश राउत निर्देशित फिल्म ‘पुजार सार्की’ को दोस्रो गीत सार्वजनिक भएको

नयाँ लोक दोहरी गीत ‘सुनिमायालाई, सँगै काटौला जुनी मायालाई…’

अर्घाखाँची । गायिका सुनितामी परियारको नयाँ लोक दोहरी गीत ‘सुनिमायालाई, सँगै काटौला जुनी