‘मिस एयरहोस्टेज २०२१’ को ताज गोरखाकी प्रिस्किला गुरुङलाई



काठमाडौं । “मिस एयरहोस्टेज २०२१” को ताज गोरखाकी १९ वर्षीय प्रिस्किला गुरुङ चुम्न सफल भइन् । सिजन मिडियाद्वारा आयोजना गरिएको प्रतियोगितामा गुरुङ ताज चुम्न सफल भएकी हुन् । फस्र्ट रनरअप आशा डंगुरा र सेकेण्ड रनरअपको ताज सृजु घिमिरेले चुमे । घिमिरेले र पपुलर अवार्ड पनि हात पारिन् ।

विजेताले एक वर्षभित्र विमान परिचारिकाको रोजगारी साथै डम डाइनामिक स्कीन हस्पिटलको तर्फबाट २० हजार रुपैयाँको गिफ्ट भौचर प्राप्त गर्न सफल भइन् । सिम पर्सनालिटी प्रकृति गुरुङ, मल्टिमिडिया रेखा भण्डारी, मिस कन्फिडेन्ट साङ्मालामु शेर्पा, मिस फोटोजेनिक मेलिना राजवंशी, मिस बेस्टवाक प्रिया कर्मचार्य, र बेस्टडेसको अवार्ड समीक्षा माझीले हात पार्न सफल भए ।

निर्णायक मण्डलमा सौन्दर्यविद् सीता न्यौपाने पाठक, साउथ वेस्टर्नस्टेट कलेजका भाइस प्रिन्सिपल हरिसिंह केसी, मिस एयरहोस्टेज २०१६ की विजेता प्रियता मोक्तान, हिमालय एयरलाइन्सका एड्मिन म्यानेजर सेमन्त श्रेष्ठ, हवाई इञ्जिनीयर रञ्जित जैशवाल, नेपाल एयरलाइन्सका सिनियर क्याप्टेन मुकेश कुमार गुप्ता र पत्रकार टिपी भुसाल थिए ।

कार्यक्रम संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आलेको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । मन्त्री आलेले यस्ता कार्यक्रमले नेपालको हवाई क्षेत्रमा रोजगारी सिर्जना गर्न दबाब हुने र आगामी दिनमा नेपालको एकमात्र ध्वजावाहक एयरलाइन्सलाई विमान खरिद प्रक्रियामा लगेर राम्रो गर्ने बताए ।

कार्यक्रममा नेपालमा रहेर नेपाली हवाई उडड्यन क्षेत्रमा विगत लामो समयदेखि निरन्तररूपमा यस क्षेत्रको श्रीवृद्धिमा अतुलनीय योगदान दिनुहुने वरिष्ठ क्याप्टेन दधिराम निरौला, सीता एयरका कुशल व्यवस्थापक घनश्यामराज आचार्य, गुण एयरका प्रज्वल थापा, बुद्ध एयरका खगेन्द्र बस्नेत, क्याप्टेन विवेक खड्का, पूर्वविमानचारिका रेनु राई, सुवास बस्नेत, पत्रकार अच्युत पुरी, अग्नी नियन्त्रक सुनिता सिवाकोटी लगायतलाई सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
२०८१ मा ६२ नेपाली चलचित्र प्रदर्शन, दर्शकको उल्लेखनीय साथ

काठमाडौँ । नेपाली चलचित्र क्षेत्रका लागि वर्ष–२०८१, समग्रमा सुखद रह्यो । यो वर्ष

एउटै अभिनेताको दुई चलचित्र एकसाथ प्रदर्शनमा

काठमाडौँ । केही समययता एकै अभिनेताको दुई चलचित्र एकसाथ प्रदर्शन हुने क्रम बढ्न

‘जार’ प्रदर्शनको मिति तय

काठमाडौँ । साहित्यकार इन्द्रबहादुर राईको कथामा आधारित रहेर निर्माण गरिएको चलचित्र ‘जार’ को

जसले गरे वर्ष २०८१ मा १० करोड भन्दाबढीको व्यापार

काठमाडौं । नेपाली चलचित्र क्षेत्रका लागि वर्ष २०८१ समग्रमा सुखद् रह्यो। यस वर्ष