‘फाइट एण्ड फुरी २’ को गीत सार्वजनिक



काठमाडौँ । नेपाली कलाकार तथा मार्शल आर्टका खेलाडी शन्नी बि.केसीको हलिउड मुभी ‘फाइट एण्ड फुरी २’ को गीत सार्वजनिक गरिएको छ । केसीको कथा निर्देशन तथा प्रमुख भूमिका रहेको फिल्ममा हलिउडका चर्चित कलाकारहरुलेसमेत काम गरेका छन् । राजधानी काठमाडौँको क्युज सिनेमा हलमा एक कार्यक्रमका बीच फिल्ममा समावेश शीर्ष गीत सार्वजनिक गरिएको हो ।

गीत सार्वजनिक कार्यक्रममा पूर्वडीआईजी रमेश खरेल, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का तथा संचारकर्मीहरुको उपस्थिति रहेको थियो । चर्चित अभिनेता ब्रुसलीको फिल्म Enter the Dragon’मा काम गरेका कलाकार बब वालको समेत अभिनय रहेको ‘फाइट एण्ड फुरी २’ मा लियो फ़ोङ्ग,जोस्फ़  माइकल,एम एम ए फाइटर लगायत हलिउडका कलाकारको अभिनय रहेको छ । अंग्रेजी भाषामा बनेको फिल्म नेपालीमा डब गरेर नेपालमा समेत प्रदर्शन गरिने निर्देशक केसीले बताए ।

कार्यक्रममा केसीले अमेरिकामा रहे पनि नेपाली चलचित्र क्षेत्रको लागि कार्य गरिरहेको र छिट्टै नेपाली चलचित्र बनाउन आफूले तयारी गरिरहेको बताए । शरिन बिको छायाँकन रहेको फिल्मको सम्पादक बनिश शाह हुन् । एक्सन जनराको मुभि ‘फाइट एण्ड फुरी २’ मा ह्युमन ट्राफिकिङको कथालाई उठाउन खोजिएको कलाकार तथा निर्देशक केसीले बताए।

बलिउडका चर्चित कलाकारहरु जस्तै गोविन्दा, मिथुनका फिल्महरुमा काम गरिसकेका केसीले केही बर्षअघि नेपाली चलचित्र ‘गोर्खा रक्षक’मा काम गरेका थिए। हिन्दी फिल्म जाहवाज, गैरकानुनी, प्यार कर के देखो, हत्या,दुश्मन लगाएतका चलचित्रमा आफ्नो अभिनय कौशल देखाई सकेका केसीको हलिउड फिल्म Fight of Fury’ प्रदर्शन भई सकेको छ । ‘फाइट एण्ड फुरी २’ लाई हलिउडका सिनेमा घर तथा ओटीटी प्लेटफर्म नेट फ्लिक्स,एमाजोन प्राइमसँगै नेपाली भाषामा नेपालका सिनेमा घरहरुमा पनि प्रदर्शन गरिने केसीले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
२०८१ मा ६२ नेपाली चलचित्र प्रदर्शन, दर्शकको उल्लेखनीय साथ

काठमाडौँ । नेपाली चलचित्र क्षेत्रका लागि वर्ष–२०८१, समग्रमा सुखद रह्यो । यो वर्ष

एउटै अभिनेताको दुई चलचित्र एकसाथ प्रदर्शनमा

काठमाडौँ । केही समययता एकै अभिनेताको दुई चलचित्र एकसाथ प्रदर्शन हुने क्रम बढ्न

‘जार’ प्रदर्शनको मिति तय

काठमाडौँ । साहित्यकार इन्द्रबहादुर राईको कथामा आधारित रहेर निर्माण गरिएको चलचित्र ‘जार’ को

जसले गरे वर्ष २०८१ मा १० करोड भन्दाबढीको व्यापार

काठमाडौं । नेपाली चलचित्र क्षेत्रका लागि वर्ष २०८१ समग्रमा सुखद् रह्यो। यस वर्ष