एलिना चौहानको ‘चखेवा जोडी’ (भिडियोसहित)
गायिक एलिना चौहान र गायक जनक विवश न्यौपानेको आवाजमा रहेको ’चखेवा जोडी ’ गीतको भिडियो सार्वजनिक भएको छ । प्रेमील जोडीको प्रेमको विभिन्न भावहरुलाई गीतमा व्यक्त गरिएको छ ।
गीतमा जनक विवश न्यौपानेको शब्द तथा संगीत र संजय श्रीपालको एरेन्ज रहेकोे छ । मुकेश हुमागाईँको छायाँकन, टेकेन्द्र शाहीको सम्पादन तथा जनक सिंहको निर्देशन तथा अभि वाग्लेको कोरियोग्राफी भिडियोमा रहेको छ । गीतको भिडियोलाई मनोज कार्कीले निर्माण गरेका हुन् । ’चखेवा जोडी’ को भिडियोमा विजय पुन र याङसु श्रेष्ठको फिचरिङ रहेको छ ।